टोकीयो। जापानको पूर्व प्रधानमन्त्री शिन्जो आबेको मृत्यु भएको छ।
शुक्रबार नारा शहरमा स्टम्प भाषण दिदै गर्दा गोली लागेका आबेको उपचारको क्रममा मृत्यु भएको हो।
जापानी मिडियाहरुका अनुसार प्रधानमन्त्री फुमियो किशिदाले यसअघि आबेको अवस्था गम्भीर रहेको बताएका थिए। अस्पताल पुर्‍याउँदा आबे बेहोस भएका थिए र छातीबाट रगत बगिरहेको थियो। आइतबार भएको माथिल्लो सदन निर्वाचनको प्रचारप्रसार भइरहेको बेला बिहान साढे ११ बजे यामातो सैदाइजी स्टेसन अगाडि भाषण दिइरहेका आबेमाथि आक्रमण भएको थियो ।
प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाको भिडियोमा दुईवटा गोली चलाइएको देखाइएको छ। जापान विश्वको सबैभन्दा कडा बन्दुक नियन्त्रण कानुन भएको देश हो । बन्दुकको गोली लागेर आबेको घाँटीको दाहिने भागमा चोट लागेको थियो र उनको छातीको देब्रे भागमा आन्तरिक रगत बगेको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।
एम्बुलेन्स अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेका अनुसार पूर्वप्रधानमन्त्रीलाई हेलिकप्टरबाट मध्य नाराको दक्षिणी भागमा रहेको काशीहारा सहरको नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो।
पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई जापानको युद्धपछिको इतिहासमा सबैभन्दा परिणाममुखी नेताहरू मध्ये एक मानिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here