टोकियो – जापानमा गर्मी बढ्दै गएपछि २०२२ को पहिलो ‘हिटस्ट्रोक सावधानी सतर्कता’ जारी भएको छ।
वातावरण मन्त्रालय र जापानको मौसम विज्ञान एजेन्सीले जुन ३० मा (आज) राजधानीमा यस वर्षको पहिलो “हिटस्ट्रोक सावधानी सतर्कता” जारी गरेको हो।
बढ्दो तापक्रमका कारण हेटस्ट्रोकको जोखिम अत्यधिक हुने भएकाले बाहिर ननिस्कन र चिसो वातावरणमा बस्न मन्त्रालय र निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बिहिवार बिहानैदेखि तातो हावा सहितको उच्च तापमान देखिन थालेको जापनमा आजपनि देशैभर उच्च गर्मी कायम रहनेछ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज(३० जुन)पनि कान्तो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्रीसम्म पुग्नेछ ।तोहोतु तथा क्युसु क्षेत्रमालपनि न्युनतमा ३५ डिग्री रहनेछ ।यसका अलवा जापानको हरेक क्षेत्रहरुमा केहिदिन यताकै स्तरमा उच्च गर्मी कायम हुनेछ ।
एक्कासी बढेको गर्मीले हरेक दिन हजारौंका संख्यामा मानिसहरु बिरामी पर्ने गरेका छन् ।
बाहिर ननिस्किन तथा घरमा बस्दा पनि एसी तथा कुलर राम्रोसंग चलाएर,चिसो बनाएर बस्नका लागि आग्रह गरिएको छ ।
आज पनि जापानको साईतामा गुन्मा, यामानाशी, टोकियो, फुकुसिमा,सिजुओका,फुकुओका,नागोया,गिफु लगायतका प्रिफेक्चरहरुमा तापक्रम कायम रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here