दोलखा । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट गौरीशंकर गाउँपालिकाको अध्यक्षको उम्मेदवार जंग गुरुङ पुनः जनता माझमा पुगेका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका गुरुङ मत माग्न गए जस्तै मतदाताहरुलाई धन्यवाद दिन जनताको घर आँगन पुगेका हुन।
निर्वाचनमा पराजय भए पनि आफू र पार्टीलाई अमुल्य मत दिने जनताहरुको भावनालाई सम्बोन्ध गर्न जनताको घर-आगन पुगेको गुरुङले बताए ।
उनले पालिका अध्यक्षमा निर्वाचित भएपनि, नभएपनि आफू गौरीशंकर गाउँपालिकाको जनताको सेवामा सदैव रहिरहने प्रतिबद्धता जाहेर गरे।
बुधबारदेखि गाउँपालिकाको वडा नम्बर -९ रिकुबाट सुरु गरेको जनता भेटघाट तथा धन्यवाद अभियान वडा नम्बर १ जुँगुमा पुगेर सकिने बताइएको छ।
गुरुङसंग पूर्व वडा अध्यक्ष, वडा अध्यक्षका उम्मेदवार, पूर्व गाउँपालिका प्रमुख तथा नेकपा एमाले गौरीशंकर गाउँपालिका पार्टी इन्चार्ज स्वयम बहादुर खड्का लगाएतका टोली रहेका छन्।
गौरीशंकरमा एमालेको पार्टी संगठन राम्रो भएपनि माओवादी, कांग्रेस लगाएतका दलहरूको कारणले पराजित भएको स्विकार्दै गुरुङले भने “पार्टी भित्रका केहि साथीहरुले अन्तर्घात समेत गरेकोले पार्टीको उम्मेदवारले पराजय भोग्नुपरेको छ।, यस्ता अन्तर्घातीहरुलाई पार्टीबाट निस्कासन गर्नुको विकल्प छैन्।”
स्थानीय तह निर्वाचनमा ९ वडा रहेको गौरीशंकरमा ५ नम्बर वडामा मात्रै एमालेले जित हासिल गरेको छ।
यसअघि पालिका अध्यक्ष, उपाध्यक्ष वडा नम्बर -१, ५, ६,७,८ र ९ वडामा जित हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here