लोकप्रिय गायक सत्यराज आचार्यको ‘सिन्को नभाँची’ बोलको गीन सार्वजनिक भएको छ । आर.के शर्माले रचना गरेका गीतमा आर.सी थापाले संगीत दिएका छन् ।
बिदेशी भूमीमा बसेर नेपाली संगीतमा निरन्तर क्रियाशील संगितकार तथा रचनाकार दोलखा भीमेश्वर –६ चरिकोटका स्थानीय थापाले गीतमा सुन्दर संगीत भरेका छन् ।
बिशेषगरी परिवारकी एक्ली छोरीलाई कथाबस्तु बनाईएको गीतमा विवाह पूर्व कामै नगरी जवानी भएको र विवाह गर्ने बेला बाआमालाई थाहासम्म नदिईकन भागेर विवाह गरीएको कथाबस्तुलाई कलात्मक रुपमा प्रस्तुत गरीएको छ।
सत्य स्वरुप यूट्युव च्यानलबाट सार्वजनिक गरीएको म्युजिक भिडियोको निर्देशन गायक आचार्यले गरेका छन् ।
आर.सी थापाको सांगीतमा गायक तथा संगीतकार सत्य-स्वरूपले करिब एक दर्जन गीतमा स्वर दिइसकेका छन् । पहिलो एल्वम ‘प्रारम्भ’ र त्यसपछि ‘तिम्रो सुन्दर आँखामा’ ‘तिम्रो नजरबाट’ र ‘रोयर बसेँ’ बोलको गीत दर्शक तथा श्रोताले धेरै मन पराएका गीतहरु हुन् ।
२०५७ सालबाट आर.के.केटी ग्रुप (रामचन्द्र थापा, कुलराज थापा र तेन्जिङग सेरब लामा) को सहकार्यमा ‘जिन्दगीको यात्रा’ नामक एल्बमबाट सांगीतिक यात्रा सुरु भएको थियो भने यस एलवमको एउटा गीत ‘सपनिममा आउँने माया’मा आर.सी थापाको स्वर तथा संगीत रहेको थियो ।
यो गीत नेपालको एकमात्र टेलिभिज नेपाल टेलिभिजनमा प्रसारण हुदाँ त्यसताका धेरै दर्शक/श्रोताले मन पराएको गीत हो । केही बर्ष अगाडि आर.सी थापाकै स्वरमा ‘चिटिक्कै परेकी’ बोलको लोक पप गीतको म्युजिक भिडियो समेत सार्वजानिक भएको थियो ।
गायनमा भन्दा संगीत भर्न रुची राख्ने थापाले सत्य–स्वरूपसंगको सहकार्यमा दास्रो एल्वम निकाल्ने तयारीमा रहेका बताएका छन् । केही गीतहरुमा उनको संगीतको अलवा शब्द रचना अनि म्युजिक भिडियोमा पनि अभिनय देख्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here