चरिकोट, दोलखा, चैत ५ गते । माथिल्लो तामाकोसी जलविद्युत आयोजना अन्तर्गत निर्माण भएको नयाँ खिम्ती सबस्टेसनको समुद्धाटन भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार विहान एक कार्यक्रका माझ रामेछापको फुलासिमा निमार्ण भएको २२०/१३२ केभिको सबस्टेसनको समुद्धाटन गर्नुभएको हो ।
हाल सबस्टेसनमा ४५६ मेगावाटको माथिल्लो तामकोसी जलविद्युत आयोजना, ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना, ५४.४ मेगावाटको लिखु –४ जलविद्युत आयोजना र २४.२ मेगावाटको लिखु–ए जलविद्युत आयोजना, जोडिएको छ ।
नयाँ खिम्ती सबस्टेसनबाट कठमाडौँ स्थित लप्सीफेदी सबस्टेसनमा ४०० केभि प्रसारण लाइनबाट जोडिने छ भन,े हाल ढल्केबर सबस्टेसनमा २२० केभी प्रसारण लाइन र लामोसाँगु सबस्टेसनमा १३२ केभी प्रसारण लाइनबाट जोडिसकेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।
सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको र ठाउँ समेत थोरै ओगट्ने जिआइएस प्रविधिको यो सबस्टेसन हालसम्मको नेपालकै दोस्रो ठुलो सबस्टेसन हो ।
हाल तामाकोसी करिडोरमा निर्माण भइरहेको अन्य जलविद्युत आयोजना लगाएत कुल १२०० मेगावाट क्षेमताको विद्युत शक्ती निकट भविष्यमै यस सबस्टेसनमा जोडिने छ ।
त्यसैगरि प्रधानमन्त्री देउवाले शनिवार नै दोलखाको विगु गउँपालिका वडा नम्बर–१ गोंगर स्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पावरहाउस निरिक्षण गर्नुभएमो छ ।
गोंगर पुग्नुभएका उहाँले आयोजना सम्पन्न गराउन सहयोग पु¥याउने संघसंस्था तथा ऋणदाताहरुलाई प्रसंसापत्रले सम्मान गर्नुभएको छ ।

DCIM100MEDIADJI_0046.JPG
DCIM100MEDIADJI_0099.JPG

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here