चितवन। नेकपा एमालेको दशौँ महाधिवेशनबाट दोलखाका पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
दोलखाबाट आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ, ईश्वरी रिजाल, रचना खड्का र सरस्वती बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो।
आनन्द प्रसाद पोखरेल र रचना खड्का भूगोलतर्फ (वाग्मती प्रदेश), ईश्वरी रिजाल दलिततर्फ र पार्वत गुरुङ र सरस्वती बस्नेत खुलाबाट निर्वाचित भएका हुँन्।
पार्वत गुरुङ र ईश्वरी रिजाल बाहेक अन्य सबै निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक विजय सुब्बाले जानकारी दिनुभयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनको बन्दसत्रमा १०१ महिला सहित ३०१ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मतिका लागि पढेर सुनाउनुभएको थियो।
ओलीले प्रस्तुत गर्नुभएको सूचीमा केहिले असहमति जनाएपछि निर्वाचन भएको हो।
दोलखाबाट सरस्वती बस्नेत बाहेक अन्य चार जना यसअघिको केन्द्रीय कमिटीमा पनि सदस्य थिए।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here