दोलखा। दोलखा जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि लाली गुराँस युवा क्लब चरिकोटले जितेको छ ।
शनिवार जिरीमा भएको फाइनल खेलमा टाइगर टिम तिखातललाई १ का विरुद्ध ३ गोलले पछि पार्दै लाली गुराँसले जीत हासिल गरेको हो।
जितको लागि लाली गुराँसका शम्भुजन श्रेष्ठ, विनोद मोक्तान र प्रविन तामाङले एक-एक गोल गर्न सफल भएको छ।
बिजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद विशाल खड्काले नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ।विजेता टिमलाई नगद ८० हजार र उपविजेता टिमलाई ४० हजार प्रदान गरिएको दोलखा फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगितामा डेनिस सिवाकोटी (लाली गुराँस) उत्कृष्ट गोलरक्षक, अर्माण थामी (टाइगर टिम) उत्कृष्ट खेलाडी,मनिस श्रेष्ठ(जिरी स्पोर्ट्स) र रोशन श्रेष्ठ(लाली गुराँस) उत्कृष्ट कोच भएका छन्।
एनफाको वार्षिक कार्यक्रमा आधारित तथा दोलखा जिल्ला फुटबल संघको आयोजनामा जिल्ला लिग प्रतियोगिता मंगलबारदेखि सुरु भएको थियो।प्रतियोगितामा जिल्लाको ७ वटा ‘ए’ डिभिजन क्लब सहभागी भएको थियो ।
जिल्ला लिग बिजेता क्लब प्रदेस स्तरिय प्रतियोगिताको लागि जिल्ला बात प्रतिनिधित्व गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here