चरिकोट । दोलखाका बाल विकास केन्द्रका सहयोगीहरुलाई तोकिएको तलबमान व्यवस्था हुँने भएको छ ।
बिहिबार जिल्ला समन्वय समिति दोलखामा बसेको सरोकारवालाहरुको बैठकले तोकिएको तलबमान व्यवस्थापन गराउने प्रतिबद्धता गरेका हुँन ।
बैठक जिसस प्रमुख डबल पाण्डेको अध्यक्षता र संघीय सांसद एवम नेपाल सरकारको पुर्व सञ्चर तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैठकले बाल विकास केन्द्र सहयोगीहरुको तलबमान सम्बन्धमा नेपाल सरकारको आर्थ मन्त्रालयले आ.व ०७८÷०७९ का लागि प्रस्तुत बजेट वक्तव्य अनुसार दोलखाका सबै पालिकाहरुले विधि र प्रक्रिया मिलाइ बजेट वक्तव्य मुताबिक तलबमा व्यवस्थापन गराउन साझा प्रतिबद्धता गरेका छन् ।
बिद्यालय कर्मचारी, बिद्यालय सहाय, बिद्यालय सहयोगी र प्रारम्भिक बाल विकास सहयोगीहरु लगाएतलाई न्यूनतम तोकिएको सेवा सुविधा उपलब्ध हुने छ ।
बैठकमा भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठ, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल, गौरीशंकर गाउँपालिका उपप्रमुख उर्मिला थामी, मेलुङ गाउँपालिका –३ का वडा अध्यक्ष एवम गाउँपालिका प्रबक्ता हिरा थोकर, मेलुङ –७ का वडा अध्यक्ष एवम गाउँ शिक्षा समिति सदस्य नवराज खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बालकुमार गिरी, नेपाल शिक्षक महासंघ दोलखा अध्यक्ष पदम बहादुर जिरेल, कुटीडाँडा माविका प्रधानाध्यापक संकरलाल श्रेष्ठ लगाए सहभागी थिए ।
आन्तरिक स्रोत न्यून भएका स्थानीय सरकारहरुलाई बजेट कार्यान्वयन गर्न कठिन भएकाले संघीय सरकाको यो निर्णय कार्यान्वयनकालागि ढिलाई भएको थियो।
तर दोलखाका ९ वटै स्थानीय तहले भने यो बजेट वक्तव्य अनुसारको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रमका लागि एउटा स्थानीय सरकारलाई ६० देखि एक करोड सम्म वार्षिक बजेट आवश्यक पर्छ ।
बजेट बक्तव्यमा आएको र काम गर्नेहरुलाई दिनुपर्छ भन्ने आत्मासाथ गरेर निर्णण कार्यान्वयनका लागि पहल गरेको जिसस प्रमुख डबल पाण्डेले जानकारी दिनुभयो ।
तर दिर्घकालीन समाधानका लागि स्थानी सरकारले भन्दा पनि संघीय सरकारनै यस्को दायित्व लिइ बजेट व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here