चरिकोट । नेपाली कांग्रेसको दोलखा जिल्ला पार्टी सभापतिमा बर्मा लामा विजयी भएका छन्।
कांग्रेको १४ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवरी दिएका लामा सानदार मत सहित विजयी भएका हुँन ।
पार्टी सभापतिको अन्तिम मतपरिणाम सार्वजनिक भएसंगै प्रतिस्पर्धी तारा कुमार खड्कालाई झण्डै आधा मतान्तरले पछि पार्दै लामाले जीत हासिल गरेको हो ।
सोमबार दोस्रोपटक भएको निर्वाचनमा लामाले ८७७ मत प्राप्त गरेको छ भने प्रतिस्पर्धी खड्काले ४८५ मत पाएको छ ।
साँझ पाँच बजेसम्म भएको मतदान कार्यक्रममा १३७३ जनाले मतदान गरेका थिए । गननाको क्रममा ११ मत बदर भएको बताइएको छ ।
पहिलो पटक शनिबार र आइतबार भएको मतदान कार्यक्रममा लामाले ६४३ मत ल्याएको थियो । कुला खसेको १४४५ मतको ५१ प्रतिशत नपुगेपछि पुनः सोमबार मतदात भएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here