दोलखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा दोलखामा सभापति पदका लागि ४ जनाले मनोनयन पत्र दाखिला गरेका छन् ।
सभापति पदका लागि रुद्र बहादुर खड्का, बर्मा लामा, तारा कुमार खड्का र केशवराज चौलागाईले मनोनयन पत्र दाखिला गराएका हुँन ।
रुद्र बहादुर निवर्तमान सभापति हुन । अर्का उम्मेदवार लामा यसअघिका महाधिवेशन प्रतिनिधि हुने, तारा क्षेत्र नम्बर १ का पूर्व क्षेत्रिय सभापति हुँन भने चौलागाई पनि यस अघिका महाधिवेशन प्रतिनिधि हुँन् ।
निर्वाचन शनिवार विहाँनबाट सुरु हुँने जिल्ला पार्टी कार्यलयले जनाएको छ ।
निर्वाचनका लागि एक हजार पाँच सय ९४ जना क्षेत्रीय प्रतिनिधि मतदाता छन् । दुई उपसभापति पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । रुद्र प्यानलबाट छवि लामा र अर्जुन शिवाकोटी, बर्मा प्यानलबाट कृष्ण खड्का र चित्र कुमार श्रेष्ठ (गौतम), तारा प्यानलबाट छविलाल मोक्तान (सानो छवि) रहेका छन् ।
त्यस्तै दुई सचिव पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । रुद्र प्यानलबाट सुर्य बहादुर आचार्य (बालकृष्ण) र महेश्वर काफ्ले (महेश), बर्मा प्यानलबाट रञ्जित कुमार पाठक (सन्तोष) र रामेश्वर उप्रेती, तारा प्यानलबाट दावाशाङ्गे शेर्पा र कुमार भुजेलले मनोनयन पत्र दर्ता गराएका छन् ।
त्यसैगरि दुई सहसचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । रुद्र प्यानलबाट पासाङ शेर्पा, बर्मा प्यानलबाट कविराज थामी र यम विक्रम कार्की, तारा प्यानलबाट हरिशरण शिवाकोटी र सुशीला घतानी रहेका छन् ।
केशवराजले भने एक्लै सभापति पदका लागि उम्मेदवारी दिएका हुँन ।
निर्वाचनमा ५१ प्रतिशत अर्थत ८१३ मत ल्याउे विजयी हुँने छन् भने ५१ प्रतिशत नल्याएमा दोस्रो चरको निर्वाचन हुनेछ । उक्त निर्वाचनमा सबैभन्दा पहिलो मत ल्याउने र दोस्रो मत ल्याउने विच प्रतिस्पर्धा हुने बताइएको छ ।
४२ सदस्यीय जिल्ला कार्यसमितिमा नगरपालिका र गाउँपालिकाबाट २० जना, समावेशी कोटाबाट १४ जना र ७ जना पदाधिकारीहरु रहँनेछन् भने एकजान मनोनित रहँनेछन् । जसमा २० प्रतिशत नवनिर्वाचित सभापतिले प्रस्ताव राखेर मनोनीत गर्ने प्रावधान छ ।
त्यसैगरी निर्वाचित सभापति सहित २६ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । जसमा १० जना खुल्ला, ८ जना महिला, ४ जना जनजाति, २ जना खसआर्य र १ जना दलित रहनेछन् ।
सांसद जीपछिरिङ शेर्पा, निर्माण व्यावसायी बालकृष्ण थापा, सीताराम ठकुरी, व्यवसायी प्रभुराम श्रेष्ठ, पत्रकार गोकर्ण भण्डारी लगाएत रुद्र प्यानलबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै कांग्रेस दोलखाका नेता तारा कोइराला, इश्वर नारायण मानन्धार, बाबुकाजी बस्नेत,सन्तोष पाण्डे लगाएतले बर्मा प्यानलबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् भने कांग्रसे नेता कुन्दनराज काफ्ले, उद्धवराज काफ्ले, गौरव लामा लगाएतले तारा प्यानलबाट उम्मेदवारी दिएका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here