उपरोक्त सम्बन्धमा यस संस्थाको सञ्चालक समितिको मिति २०७८ साल भाद्र ३० गते बसेको ५३९ औं बैठकको निर्णय अनुसार संस्थाको २८ औं तथा एकीकरण पछिको द्धित्तिय बार्षिक साधारणसभा तपसिलमा उल्लेख गरीए बमोजीम हुने भएकोले सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई साधारणसभामा सक्रिय सहभागि हुनको लागि हार्दिक निमन्त्रणा गर्दै बिजया दशमि, शुभदिपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा सम्पुर्ण शेयर सदस्य, बालबचतकर्ता, सहकारीकर्मि तथा सम्पुर्ण नेपाली बुबा आमा दाजु भाई दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
साधारणसभाका प्रस्तावहरु :
१. सञ्चालक समितिको तर्फबाट आ.ब. २०७७/०७८ को अध्यक्षको प्रतिवेदन ।
२. सञ्चालक समितिको तर्फबाट सचिव द्धारा प्रस्तुत आ.ब.२०७७/०७८ को बार्षिक प्रगति प्रतिवेदन र आ.ब. २०७८/०७९ को प्रस्तावित कार्यक्रम ।
३. सञ्चालक समितिको तर्फ बाट कोषाध्यक्ष द्धारा प्रस्तुत आ.ब.२०७७/०७८ को आर्थिक प्रगती प्रतिवेदन र आ.ब. २०७८/०७९ को प्रस्तावित बजेट ।
४. लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आ.ब. २०७७/०७८ को प्रतिवेदन ।
५. आ.ब. २०७७/०७८ को बाह्य लेखापरीक्षण प्रतिवेदन ।
६. आ.ब. २०७८/०७९ को आर्थिक कारोवारको बाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक छनौट र पारिश्रमिक निर्धारण ।
७. बिनियम, कार्यविधि संशोधन तथा पुनर्लेखन ।
८. निर्णय पुस्तिका प्रमाणित ।
९. विविध ।
थप जानकारी :
१. २०७८ साल कार्तिक १ गते सोमवार बिहान ८ः०० बजे बाट जिल्लामा अवस्थित कालिञ्चोक एफ.एम., हाम्रो रेडियो, रेडियो शैलुड्ड, रेडियो भीमेश्वर र जिरी एफ.एम. मार्फत् बार्षिक साधारणसभाको प्रतिवेदन बाचनको प्रत्यक्ष प्रसारण गरीनेछ, फेसबुक लाईभ गरीनेछ, युटयुव बाट हेर्न मिल्ने बनाईनेछ र संस्थाको ओएभसाईट (www.milijuli.coop.np) मा बार्षिक प्रतिवेदन अपलोड गरीनेछ ।
२. तोकीएको मितिमा साधारणसभामा सहभागि हुन आउदा संस्थाले प्रमाणीत गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनु पर्नेछ । कोरोना भाईरस महामारीको जोखिम पुर्ण रुपमा नसकिएको हुँदा साधारणसभामा आउदा मास्क लगाउने, सेनिटाईजर लगाउने, दुरी कायम गर्ने जस्ता होसीयारी अपनाउनुपर्नेछ ।
३. साधारणसभामा उपस्थिति भए बापत ५८८।– अक्षरुपी पाँचसय अठासी रुपैयामा नेपाल सरकारको नियमानुसार कर कटाई भत्ता उपलब्ध गराईनेछ । यो भत्ता शेयर सदस्य आफै उपस्थिती भएमा मात्र उपलब्ध गराईनेछ ।
४. ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने बार्षिक साधारणसभा भन्दा अगाडि आफुलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवाकेन्द्रमा आई बुझाउनु हुन अनुरोध छ ।
५. सदस्य पहिचान फाराम भर्न बाँकी शेयर सदस्यहरुले नागरीकता प्रमाणपत्रको प्रतिलिपी र फोटो ल्याई आफुलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवाकेन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ ।
६. २०७८ साल कार्तिक महिना भरी संस्थामा शेयर सदस्य तथा बालबचतकर्ता बन्दा प्रवेस शुल्क छुट गरीएको छ ।
७. केही दुविधा भएमा सुविधाको लागि संस्थाको मुख्य कार्यालय तथा सेवाकेन्द्रहरुमा सम्पर्क गर्नुहुन
८. कोरोना भाईरस महामारी अझै समाप्त भैनसकेको कारण सहकारी संस्थाको साधारणसभा कार्यब्यवस्था (निर्देशिका) २०७६ बमोजीम दुई एकाई बनाई महामारी बाट होसीयारी अपनाउदैतपसिलमा उल्लेखित स्थानहरुमा बिहान १० बजे बाट दिनको ३ बजे सम्म साधारणसभा सञ्चालन हुनेछ ।

 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here