कलाकारिता क्षेत्रमा प्रवेश गर्न चहाने युवायुवतीलाई मध्येनजर गर्दै सर्लाहीमा फेसन रनवे हुने भएको छ।
तराई क्षेत्रका युवायुवतीलाई कलाकारिता क्षेत्रमा आकर्षित गराउने उदेश्यले सर्लाहीको हरीवनमा फेसन रनवे हुने भएको हो।
फेसन रनवे असोज २५ गते हरिवन नगरपालिका वडा नम्बर -११ स्थित हरिवनमा हुने बताइएको छ।
ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने फेसन रनवे कार्यक्रममा नेपाल भरिका प्रतियोगीहरुले सहभागीता जनाउन सकिने ब्राइट इभेन्टका अध्यक्ष राजन बुढाथोकी बताए।
प्रतियोगितामा उत्कृष्ट हुने जोडीलाई पेजेन्ट नेपाल इन्टरनेशनलले एक वर्षसम्म मोडलिङ सम्बन्धि तालिमको लागि सम्झौता गर्नेछन्।
अध्यक्ष बुढाथोकीका अनुसार कार्यक्रममा सहभागी हुन चहाने प्रतियोगीहरुलाई असोज १६ गते छनोट गर्नेछन्।
छनोट भएका प्रतियोगीहरुलाई चर्चित मोडल दिक्पाल कार्कीले एक हप्तासम्म ट्रेनिङ दिनेछन्।
कार्की २०१८ को मिस्टर मोडल अफ द वल्र्ड हुन भने थुप्रै म्युजिक भिडियोमा मोडलिङ समेत गरिसकेका छन्।
त्यसैगरि कार्कीले पछिल्लो समय नेपाली चलचित्रमा समेत अभिनय थालेका छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here