नेपाल– भारत असमान महाकाली सन्धि गराउने राष्ट्रघाती कदम चाल्नेदेखि अरुण तेस्रोबाट विश्व बैंक लखेट्नेसम्मका हकर्त

माधव कुमार नेपाल संगठनिक काममा सक्रिय नेता हुन् । अहिले पनि उनि आफ्नो मनले खाएको कुुरामा उत्तिकै खट्न सक्छन् । दर्शनका कुरा नछाँट्ने उनी सामान्य जीवनशैलिमा रमाउँछन्। माधव पार्टीका विचारक होइनन् तर राम्रा संगठक हुन्। माधव छोटो समयमा धेरै प्राविधिक, सांगठनिक काम गर्न सक्छन् । राजनीतिलाई सिद्धान्तसँग जोड्न नसक्नु अन्तरमुखी स्वभावका माधवको कमजोरी हो । उनको सबैभन्दा असल गुण पार्टी भित्र दोस्रो नेताको भूमिका निभाउनुमा देखापरेको छ । सीपी र झलनाथलाई महासचिवको रुपमा लोकप्रिय बनाउन माधवजीको भूमिका रह्यो । तर, अर्को महासचिव मदनसँग भने माधवमो ‘केमेस्ट्री’ अन्तर्घुलित भएन । दासढुङ्गा घटनाको सेरोफेरोसम्म आइपुग्दा मदन र माधवको आत्मीयता लगभग टुटिसकेको थियो ।
दासढुङ्गा घट्नापछि महासचिव बनेका माधवले नेपाल– भारत असमान महाकाली सन्धि गराउने राष्ट्रघाती कदम चाले । पार्टी विभाजन हुनसक्ने खतरालाई नजरअन्दाज गरे । आफ्नै हिमायतिहरुलाई मात्र केन्द्रिय समितिमा ल्याएर पार्टी फुटाउने आधार खडा गरे । माले– एमाले पुनः एकीकरणपछि पूर्वमाले पक्षधरहरुलाई छानीछानी पार्टीबाहिर हु¥याएर माओवादीलाई विस्तारित हुने आधार तयार पारिदिए । मालेबाट आएका नेता/कार्यकर्ताहरुलाई माधवले आफ्ना ठान्दै नठान्ने, हेयको व्यवहार गर्थे ।
२०५१ सालमा एमालेको अल्पमतको सरकारको नेतृत्व गर्ने भयो । तर, यसको महासचिव माधवलाई सबैभन्दा ठूलो सकस परिरहेको थियो । प्रधानमन्त्री बन्ने तिव्र आकांक्षा भए पनि निर्वाचनमा भाग लिएर जोखिम नमोलेका कारण माधव संसदको तल्लो सदन (प्रतिनिधिसभा) को सदस्य थिएनन् । २०४७ सालको संविधानमा प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधान थियो । माधव प्रतिनिधिसभाको सदस्य हुन्थे भने मनमोहन अधिकारीलाई प्रधानमन्त्री बन्न कुनै हालतमा दिँदैनथे । रक्षा मन्त्रालय प्रधानमन्त्रीले राख्ने परम्पराजस्तै थियो, त्यस बेला । प्रधानमन्त्री मनमोहनले मुखै खोलेर ‘अरुले देख्दासमेत लाजैमर्दो हुने भयो, कम्तीमा एउटा मन्त्रालय देउ’, भन्दा समेत माधव टसमस भएनन् । यसपछि मनमोहान मन्त्रालयविहिन प्रधानमन्त्री बने । माधवचाँहि उपप्रधान एवंम रक्षा र परराष्ट्र मन्त्रालयको कुर्सीमा आसीन भए । प्रधानमन्त्री हुन नपाएको झ्ँवाक उनले मनमोहनलाई मन्त्रालयविहिन बनाएर पोखेका थिए । माधवको चिन्तन बुझ्न यही घटना काफी छ।
उपप्रधानमन्त्री भइसकेपछि, माधव सरकारले भाडा बेहोर्ने गरी ठूलो घरमो बस्न खोजेका थिए । मन्त्री निवासमा नबसी थप सुविधायुक्त स्थानमा बस्ने उनको दाउ थियो । तर, मन्त्रीको हैसियतभन्दा धेरै भाडा तिरेर बस्न रोक लगाएकाले उनको ध्येय सफल हुन सकेन । त्यस बेला मन्त्रीका घर भाडाबापत सुविधा मासिक ६ हजार रुपियाँ थियो । त्यति पैसाले माधवले खोजेजस्तो आलिसान निवास भाडामा पाइँदैनथ्यो । त्यसपछि उनी मन्त्री निवासमै खुम्चिन बाध्य भए । हेर्दा साना लाग्ने यस्ता गतिविधिले माधवको महत्वाकांक्षाको स्तर मापन गर्न सकिन्छ ।
संकुचित सोचले नेतालाई कस्तो बनाउँछ भन्ने मसँग एउटा रमाइलो अनुभव छ । २०४६सालको आन्दोलनमा नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्य कांग्रेसको तर्फाबाट एक्सन कमिटी इन्चार्ज थिए, जति बेला गणेशमानहरु जेलमा थिए । वाममोर्चाको कार्यबाहक अध्यक्ष भएकाले मैले जगन्नाथसँग नियमित सम्पर्क गर्नुपथ्र्यो । सम्पर्क गर्दा जहिल्यै सब ठीकठाक छ मात्रै भन्थे । तर कांग्रेसका मान्छेहरु आन्दोलनमा उतिसारो देखिँदैनथे । अनि मैले एकदिन सोधे ‘कहाँ के ठिकठाक छ भन्नुहुन्छ आचार्यजी? आन्दोलनमा मान्छे आएका छैनन्।’ ‘भक्तपुरको दत्तात्रय मन्दिर वरिपरि सबै मान्छेलाई मैले आन्दोलखामा आउन भनेको छु,’ जगन्नाथगले जवाफ फर्काए । जगन्नाथको घर भक्तपुुरको दत्तात्रय छेउमा कतै थियो । यसर्थ आचार्यले दत्तात्रयभन्दा माथि उठेर सिंगो मुलुकका जनता उर्लने आन्दोलनबारे सोचेका रहेनछन् । उनको कुराले मेरो मन अमिलो भयो । कांग्रेसले आन्दोलनको इन्चार्ज त बनाइदियो तर आचार्यले भक्तपुरको तत्तात्रयको दायरा नाघ्न सकेनन् । ठ्याक्कै आचार्यजस्तै संकीर्ण सोचका हुन् माधव ।
माधव कति हठी र स्वार्थी हुन् भन्ने बुझ्न अर्को अनुभवसमेत छ ।२०४८ सालमा मनमोहन अधिकारी तल्लो सदन प्रतिनिधिसभाको नेता थिए भने माधव नेपला माथिल्लो सदन राष्ट्रियसभाको । तल्लो सदनका मनमोहनसरह सुविधा नपाएपछि माधवले एक वर्षसम्म पारिश्रमिक लिएनन् । माधवको चित्त बुझाउन धेरैचोटि बैंठक बस्यो । पार्टीमा विवाद जन्मियो । तर माधवले तनखा बझ्नै मानेनन् । तल्लो सदनभन्दा माथिल्लो सदनका नेताले एक सय रुपियाँ मत्रै कम पाउने गरी ऐन संशोधन गरेपछि मात्रै माधवले एक वर्षको एकमुष्ठ तलब–सुविधा बुझे । एक वर्षसम्म माधवलाई खर्चबर्च पार्टीले जुटाइदिएको थियो । म त्यति बेला पार्टीका आर्थिक विभागमा थिएँ । मैले माधवले तलब–सुविधा बुझेपछि पार्टीले गरिदिएको खर्च फिर्ता हुनुपर्ने कुरा उठाएँ । मदनले मेरो कुरा सहि ठह¥याएका थिए । त्यसको केहि दिनपछि मदन देशव्यापी भ्रमणमा निस्किए । फर्किएपछि निर्णय गराउने वचन दिएका थिए । तर यसैबीचमा मदन दासढुङ्गा काण्डमा मारिए । माधवले पाटीको तर्फबाट भएका खर्च फिर्ता गरेनन् ।
माधव उपप्रधानमन्त्री हुँदा त्यसपछिको निर्वाचनलाई लक्षित गरेर उनले रौतहटको आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट पु¥याए । म कृषिमन्त्री छँदा माधवले आफू निर्वाचन लड्ने क्षेत्रमा कृषि मन्त्रालयअन्तर्गतको डिप बोरिङ योजनाहरु पारिदिनुप¥यो भनेर आदेशात्मक शैलीका थुप्रै चिटीहरु पठाएका थिए । अति भएपछि मैले एकपटक उनलाई मुख खोल्न बध्य भएँ, ‘होइन कमरेड टेलिफोनबाट वा भेटेर भने पनि हुन्छ, यसरी खातका खात चिठी किन पठाउनुभएको ?’ ‘मुखले भनेको कुराको रेकर्ड हुँदैन । रेकर्ड नभएपछि जनताले मैले काम गरेको वा नगरेको कसरी पत्याउने ? रेकर्ड भए पो काम सफल नभए पनि प्रयत्न गरेको थियो भन्ने हुन्छ,’ उनले चिठी पठाउनुको रहस्य खोल्दा म छक्क परेँ । माधवमो यो प्रयासले खुलाउँछ, हाम्रा नेताहरुमा सन्तुलित विकासको चिन्तन छैन । उनिहरु राष्ट्रिय चिन्तन गर्नै नसक्ने प्रवृत्तिले ग्रस्त छन् ।
माधवसँग देश, पार्टी जनताका लागि केही दिनुपर्छ भन्ने लामो दृष्ट्रिकोण छैन । जस्तोः प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महिलो मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसमा विवाद चर्कियो । त्यस बेला विश्व बैंकले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न रकम विनियोजन गरिसकेको थियो । माधवले पार्टीमा कसैलाई नसोधी विश्वबैंकलाई छिठी लेखे,‘खबरदार चुनवअघि अरुण तेस्रोमा विश्व बैंकले हात नहाल्नू।’ पत्रको आशय थियो, ‘निर्वाचनपछि एमालेका सरकार बन्छ । अनि मात्रै यो आयोजना बनाउनुपर्छ।’ तत्काल यो योजना अघि बढेमा त्यसको जस तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारलाई जान सक्ने अल्पदृष्टिले माधवलाई वशीभूत बनायो । हाइड्रो प्रोजेक्ट पूरा हुन ६÷७ वर्ष लाग्न सक्छ भन्ने ज्ञानै नभएपछि यस्तै हुन्छ । निर्वाचनपछि एमालेको सरकार बन्ने र त्यसपछि आयोजना निर्माण गर्न लगाएर आफूले जस लिने सोच राखेर माधवले विश्व बैंकलाई पत्र लेखेका थिए । तर परिस्थित आफ्नो काबुमा कहाँ रहन्छ र ? माधवको चेतावनीयुक्त पत्रपछि विश्व बैंकले योजना स्थगित मात्र गरेर । फेरि योजना ‘लिस्ट’ मा नै नआउने गरी बिच्कियो ।
हुन त आफूले चिठी नलेखेको प्रस्टीकरण माधवले दिएका छन् । म चुनौती दिन्छु, उनको चिठी अहिले पनि पार्टी कार्यालयमा गएर हेरे हुन्छ । लोडसेडिङको एक प्रमुख पात्र हुन, माधव नेपाल । स्विाकार्नु नस्विकार्नु उनको इमानदारीको कुरा हो । नस्विकार्दैमा सत्य मर्दैन। तथ्य मेटिँदैन ।
नलेखिएको इतिहास पेज नम्बर २५६–२५८ बाट …

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here