चरिकोट । लामो समयदेखि दोलखा सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालमा प्रमुख भई कार्यारत डा. विनोन दंगाल अन्तराष्ट्रिय अवार्ड वाट सम्मानित हुनुभएको छ ।
अस्पतालका प्रमुख डा. दंगाललाई एसिया अवार्डडेस नामक संस्थाले स्वास्थ्य र सामाजिक सेवातर्फ गरेको योगदानको मुल्यांकन गर्दै एसियाकै ठुलो विजनेस अवार्ड प्रदान गरेको हो ।
उक्त संस्थाले दश वर्षभन्दा बढि समय एकै स्थानमा सेवा गरेको, विभिन्न विशेषज्ञ सेवा दिएको, निशुल्क स्वास्थ्य सेवाका लागि काम गरेको, विद्युतीय स्वास्थ्य प्रणाली प्रयोगर गरि उपचार गरेका र आफू संक्रमित भएको अवस्थामा पनि कोभिड १९ को उपचारमा विशेष योगदान पुर्याएको लगाएतका कामको मुल्याङ्कन गरि डा. दंगाललाई अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।
अवार्डका लागि एसियाका २० भन्दा बढि देशका सम्बन्धित क्षेत्रका व्यक्तिहरु प्रतिस्पर्धीका रुपमा सहभागि थिए ।
उक्त अवार्ड २४ अक्टोबर २०२१ मा भारतको तामिलनाडुमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने बताइएको छ ।
आफ्नो नाममा अवार्ड घोषणा भएपछि डा. दंगालले अवार्डले उत्प्रेरित गराएको बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here