चरिकोट । नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु दोलखाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुत्ला दहन गरेको छ ।
युवा संघ नेपाल र अनेरास्ववियु दोलखाले दोलखा सदरमुकाम चरिकोट सातदोबाटो चोकमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधानन्यायाधीश जबराको पुत्ला जलाएको हो ।
संविधानको गलत व्याख्या गरि निर्दलीय व्यवस्था भित्र्याउन प्रधानन्यायाधीश राणाले सहयोग गरेकोले पुत्ला दहन गरेको युवासंघ नेपाल दोलखाका कार्यवाहक अध्यक्ष भुवन गुरुङले जानकारी दिए।
“अदालतले संविधानको मर्म, भावना र उद्देश्यविपरीत फैसला गरेको छ । लोकतन्त्रको आधारभूत स्तम्भ न्यायपालिका, कार्यपालिका र विधायिकाको शक्ति सन्तुलनको सिद्धान्तलाई समेत आँच पुर्‍याउने काम भएको छ ।” उनले भने, “फैसलाले जनताका प्रतिनिधिको वैधानिक हकदार हुने, जनमतलाई लिएर राज्य सञ्चालन गर्ने दलीय व्यवस्थालाई चुनौती दिएको छ ।”
३२ वर्षअघि समाप्त भएको निर्दलीय व्यवस्थालाई भित्र्याउने काम प्रधानन्यायाधीश राणाले गरेको बताउदै उनले थपे “यो फैसला लोकतन्त्रलाई नोक्सान पुर्‍याउने र नेपाली राजनीतिलाई विकृत बनाउने खालको छ ।”
प्रधानन्यायाधीश राना पुत्ला सातदोबाटो चोकमा जलाइएको थियो भने प्रधान न्यायाधीश र विपक्षी गठबन्धनलाई सहयोग गरेका नेकपा एमाले नेता माधव नेपालको विरुद्धमा नार लगाइएको छ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विरोधमा युवा संघ र अनेरास्ववियुले संयुक्तरूपमा प्रदर्शन गरेको हो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here