चरिकोट दोलखा। हिमाली जिल्ला दोलखामा कोभिड १९ बिरुद्धको कोभिसिल्ड खोपको व्यापक दुरुपयोग भएको पाइएको छ ।
स्वास्थ्य कार्यालय दोलखाको चरम लापरबाहीका कारण जिल्लामा साढे पाँच सय भन्दा बढि डोज खोपको हिसब नै गाएप भएको हो ।
२०७७ साल माघ १२ देखि यता जिल्लामा एक हजार छ सय ४७ भाइल अर्थात १६ हजार ४ सय ७० डोज कोभिसिल्ड खोप आएकोमा पाँच सय ५७ डोज खोप हराएको हो ।
स्वास्थ कार्यालय दोलखाका कोल्डचेन असिस्टेन्ट शिवराम बस्नेतका अनुसार हाल दोलखामा २२ भाइल अर्थात दुई सय २० डोज खोप स्टोर छ ।
माघदेखि यता पहिलो र दोस्रो डोज गरि जम्मा १५ हजार दुई सय ७३ खोप लगाएको छ भने ४२ भाइल अर्थात ४२० डोज खोप स्वास्थ्य कार्यालय काभ्रे पठाएको रेकर्ड छ ।
परिवार कल्याण महाशाखाको रेकर्ड अनुसार दोलखामा अझै ५२ भाइल अर्थात ५२० डोज खोप स्टक हुनुपर्ने भएपनि २२ भाईल भन्दा खोप नभएपछि खोप हराएको पाइएको छ ।
दोलखामा २०७७ साल माघ १२ गते २२७ भाइल, फागुन १ गते ३५० भाइल, फागुन १४ गते ७२० भाइल, चैत २३ गते १०० भाइल र चैत ३१ गते २५० भाइल गरि एक हजार ६ सय ४७ भाइल खोप भित्रिएको थियोे ।
तर स्वास्थ कार्यालयको लापरबाहीले ५५.७ भाइल खोप हराएको छ । कोभिसिल्ड खोपको एक भाइलमा १० डोज खोप हुन्छ भने भाइल खोलेको ६ घण्टासम्म खोप लगाउनुपर्ने हुन्छ ।
आफ्ना नजिकका मानिसहरूलाई खोप कार्ड विनानै खोप लगाई दिनेदेखि पालिकामा पठाइएको खोपको सुरक्षा हुन नसक्दा यती धेरै खोप हराएको हो ।
निर्देशिका अनुसार खोप लगाउनुपुर्व प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला खोप समन्वय समितिको निर्णय पछि मात्रै खोप लगाउनुपर्छ ।
तर मनलागेका व्यक्तीहरुलाई खोप लगाउने र त्यसको हिसाव नराख्दा खोप हराएको हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।
सरकारले कोभिसिल्डको पहिलो डोज खोप कार्यक्रम बन्द गरिएको भएपनि केहि समय अघि स्वास्थ्य कार्यलयका प्रमुख अर्जुन पौड्यालको श्रीमतीदेखि कार्यालयको कर्मचारी, जिल्ला अदालतको सरकारी वकील लगाएतलाई पहिलो÷दोस्रो डोज खोप लगाएको पाइएको छ । प्राप्त जानकारी अनुुसार स्वास्थ्य कार्यालयकै कोठामा खोप लगाएका उनिहरुको हालसम्म खोप कार्ड बन्न सकेको छैन् ।
स्वास्थ्य कार्यालय दालखाका अनुसार खोपको सुरक्षा र उचित व्यवस्थापनका लागि बागमती प्रदेश मार्फत ६३ लाख रुपियाँ रकम आएको छ ।
सुरक्षित तवरले खोप लगाउनेलाई दैनिक भत्ता, खोप लाँदा र ल्याउदाको ढुवानी खर्च समेतको व्यवस्था हुँदाहुँदै पनि खोप बचाउन नसक्नुले स्वास्थ्य कार्यालय दोलखामाथि शंका उव्जिएको छ ।
बैशाखबाट कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्न आएका अर्जुन पौड्यालले भने खोप लगाउदा सो खोप खेर गएको बताए ।
केन्द्रबाट प्राप्त भएको भ्याक्सिन र जिल्ला स्थित स्वास्थ्य संस्थामा सञ्चालन गरेको खोपको रिपोर्ट अनुसार खोप हराएपछि उनले सो कुरा बताएका हुन ।
दोलखामा कोभिसिल्डको खोप फ्रन्टलाइनरहरु स्वास्थ्यकर्मी, स्वयंसेविका, निजामती कर्मचारी, जनप्रतिनिधि, पत्रकार र ६५ वर्ष भन्दा माथिका नागरिकलाई लगाइएको भएपनि कतिपयले सुरुसुरुमा डरले पनि खोप लगाएका छैनन् ।
कोभिसिल्ड खोप पहिलो मात्रा लगाएको ८ देखि १२ हप्ता सम्म दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here