चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका स्थित चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट र हाइ डिपेन्डेन्सी युनिट (एचडियू) स्थापनाकाका लागि बजेट सुनिश्चित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख र पाँच बेडको एचडियू विस्तारका लागि ८० लाख रुपियाँको सहमति दिएको हो ।
त्यसैगरी जिरी अस्पतालमा ५ बेडको एचडियू स्थापनाका लागि ८० लाख रुपियाँको सहमति दिएको छ ।
मन्त्रालयले शुक्रबार दोलखा जिल्ला अस्पताल जिरी र प्रदेश अस्पताल चरिकोटलाई २ करोड ३५ लाख रुपैयाँ बराबरको सहमति दिएको हो ।
भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले अक्सिजन प्लान्ट खरिदको स्टिमेट थालिएको र एचडियू बिस्तारको पनि भोलिबाटै काम थाल्ने बताउनुभयो । उहाले बढिमा एक महिनाभित्र सबै काम सम्पन्न गर्नेगरी छोटो मार्गबाट काम हुने बताउनुभयो।
जिल्लामा कोभिडको विरामी दैनिक वृद्धि हुँदै गएको र आवश्यक उपकरण तथा प्रविधि नहुँदा समस्या हुन थाले पछि सेवा विस्तारका लागि संंचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्वास्थ्य मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम विनियोजनका लागि पहल गर्नु भएको हो ।
चरिकोट अस्पालमा एचडियू जडान भए पछि जिल्लाको सवै स्थानिय तह का विरामी लाई सहज हुने भएको छ भने जिरी अस्पतालमा जिरी तथा रामेछापका विरामीलाई समेत सहज हुने भएको छ ।
चरिकोट अस्पतालमा संघिय सांसद पार्वत गुरुङको सहयोगमा पुर्वधार विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजन भई एक बेडको एचडियू सेवा संचालनमा रहेको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here