चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा २०७२ सलाको भुकम्पले ढालेको स्वास्थ्य चौकी भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर–७स्थित फस्कु स्वास्थ्य चौकी भवनको पुनर्निर्माण सम्पन्न भएको हो ।
निर्माण सम्पन्न भवन मंगलबार शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले उद्धाटन गर्नुभएसंगै सञ्चालनमा आएको छ ।
उहाँले साबिकको सबै गाविसमा सुविधा सम्पन्न स्वस्थ्य चौकी भवन बन्ने भएकोमा खुशी व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष समेत रहने व्यवस्था रहेकोले गाउँपालिकाको रहोबरमा मंगलबारनै वडा नम्बर–७ का कार्यबाहक वडा अध्यक्ष नारायण बहादुर बुढाथोकीलाई नवनिर्मित स्वास्थ्य चौकी भवनको साचो हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई (भवन) चरिकोटका प्रमुख अर्जुन तामाङले जानकारी दिनुभयो ।
एक सय ४५ दशमलव ३६ बर्ग मीटर क्षेत्रफलमा निर्माण भएको फस्कु स्वास्थ्य चौकी भवनको कुल लागत भ्याट बाहेक एक करोड २८ लाख २३ हजार ३ सय ९ रुपियाँ छ ।
यी भवनहरु १५ महिनामा निर्माण सम्पन्न गर्ने गरि ठेकेदार कम्पनी ड्रागन/शिवालय/अविशा जे.भी. ले २०७६ साल असार १५ गते ठेक्का लिएका थिए ।
कोरोना भाइरसको संक्रमणका कारण ६ महिना म्याद थप गरिएको प्रमुख तामाङले बताउनुभयो ।
भुकम्प प्रतिरोधी नवनिर्मित स्वास्थ्य चौकी भवन साढे एक तल्लाको रहेको छ ।
भूई तल्लाको ७ कोठा स्वास्थ्य प्रयोजनको लागि निर्माण गरिएको छ भने, पहिलो तल्लाको तीन कोठा स्वास्थ्यकर्मीहरुको आवास पयोजनको लागि रहने बताईएको छ ।
गाउँपालिकाकै तामचेत दुधपोखरी स्वास्थ्य चौकी, भुषाफेदा स्वास्थ्य चौकी, मागापौवा स्वस्थ्य चौकी र काटाकुटी स्वस्थ्य चौकी भवन भारतीय अनुदान सहयोगमा सम्झौतको चरणमा रहेको छ।
त्यसैगरी शैलुङ्गेश्वर स्वास्थ्य चौकी भवन भने नेपाल सरकारको लगानीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई (भवन) चरिकोटले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here