चरिकोट । दोलखामा समुदायस्तरमा नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण फैलिएको छ।
दोस्रो चरणको कोरोना भाइरस दोलखाको समुदाय स्तरमा फैलिएसंगै संक्रमित संख्या बढेको हो।
हालसम्म दोलखामा ७१ जनाले परिक्षण गरेकोमा २५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यालय दोलखाले जनाएको छ।
बैशाख १२ गतेबाट स्वाब शंकलन गरि परिक्षण गरिएकोमा सोमबारसम्म संक्रमितको संख्या बढ्दो दरमा रहेको छ।
बाहिरबाट आएका र कहिँ कतै घुम्न नगएकाहरुमा समेत कोरोना संक्रमण देखिएकाले कोरोना समुदायस्तरमै फैलिएको हसन सक्ने जिल्ला स्वास्थ कार्यालय दोलखाका प्रमुख अर्जुन पौड्यालले बताउनुहुन्छ ।
सोमबार मात्रै ३४ जनको स्वाब परिक्षण गरिएकोमा १० जनामा कोरोना पोजेटिभ देखिएको छ।
रिपोर्ट अनुसार कालिञ्चोक गाउँपालिकाम ४, वैत्येश्वर गाउँपालिका १, जिरी नगरपालिका १ र भीमेश्वर नगरपालिकाको ४ जनामा संक्रमण देखिएको छ।
४ जना संक्रमितहरुको चरिकोट अस्पपतालमा उपचार भइरहेको छ। त्यसैगरी जिरीको एक जना संक्रमित ३२ वर्षीय महिलालाई सोमबार काठमाडौं पठाइएको छ। उनको करुना अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ।
गत १५ गते काठमाडौं पठाईएको भीमेश्वर -६ की २६ वर्षीय संक्रमित महिलाको भने १९ गते मृत्युु भएको छ।
मंगलबार पनि ५० जनाको स्वाव संकलन गरि धुलिखेल पुर्याइएको छ।
जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन समितिले बुधबार बैठक डाकेको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here