दोलखाको तामाकोसी गाउँपालिकामा २०७२ सलाको भुकम्पले ढालेको स्वास्थ्य चौकी भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर–६ स्थित च्यामा स्वास्थ्य चौकी भवन र वडा नम्बर–७ स्थित हाँवा स्वास्थ्य चौकी भवनको पुनर्निर्माण सम्पन्न भएको हो ।
निर्माण सम्पन्न दुवै भवन भुकम्प गएकै दिन बैशाख १२ गते आईतबार तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले उद्धाटन गर्नुभएसंगै सञ्चालनमा आएको छ । वडा अध्यक्ष स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष समेत रहने व्यवस्था रहेकोले गाउँपालिकाको रहोबरमा आईतवारनै वडा नम्बर–७ का वडा अध्यक्ष लेखबहादुर सुनुवार र वडा नम्बर–६ का वडा अध्यक्ष झनक बहादुर फुँयाललाई नवनिर्मित स्वास्थ्य चौकी भवनको साचो हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई (भवन) चरिकोटका प्रमुख अर्जुन तामाङले जानकारी दिनुभयो ।
एक हाजर ६ बर्ग मीटर क्षेत्रफलमा निर्माण भएको च्यामा स्वास्थ्य चौकी भवनको कुल लागत भ्याट बाहेक एक करोड ३६ लाख १८ हजार ६ सय ९० रुपियाँ छ भने, दुई हजार पाँच सय ४६ बर्ग मीटरमा फैलिएको हाँवा स्वास्थ्य चौकी भवनको कुल लागत भ्याट बाहेक एक करोड ४२ लाख ५२ हजार नौं सय ९४ रुपियाँ रहको छ।
यी भवनहरु २२ महिनामा निर्माण सम्पन्न गर्ने गरि ठेकेदार कम्पनी ड्रागन/शिवालय/अविशा जे.भी. ले २०७६ साल असार १५ गते ठेक्का लिएका थिए ।
भुकम्प प्रतिरोधी नवनिर्मित स्वास्थ्य चौकी भवन साढे एक तल्लाको रहेको छ । भूई तल्लाको ७ कोठा स्वास्थ्य प्रयोजनको लागि निर्माण गरिएको छ भने, पहिलो तल्लाको तीन कोठा स्वास्थ्यकर्मीहरुको आवास पयोजनको लागि रहने बताईएको छ ।
वडा नम्बर–४ स्थित मालु स्वास्थ्य चौकी भवन पुनर्निर्माण सम्पन्न भई गत मंसिरबाटै सञ्चालनमा आईसको छ भने, वडा नम्बर–२ झुले स्वास्थ्य चौकी भवन निर्माणको चरणमा रहेको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण जिल्ला स्तरीय आयोजना कार्यान्वयन
इकाई (भवन) चरिकोटले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here