जीवन लामा
कक्षा ९ मा पढ्दै गर्दा युवा मञ्च पढेको अहिलेझैं लाग्छ। मासिक रुपमा प्रकाशन हुन उक्त पत्रिका शनिबार चरिकोट लिन आउथे । दैनिक पत्रिकाहरु प्राय एक हप्तापछि पनि उस्तै लग्थ्यो र पढ्थे । मलाई सानैदेखि किताबी ज्ञान मात्र होईन बाह्य ज्ञान पनि चाहिन्छ भन्ने बुझाई थियो । स्कुलमा हुने प्राय शुक्रबारको अतिरिक्त क्रियाकलापमा म नियमित र सबै विषयमा भाग लिन्थे । मलाई कविता, गीत, नाचगान, हाजिरी जवाफ प्रतियोगिता, भलिबल, दौड, लङजम्प, निवन्ध सबैमा भाग लिएको रेकर्ड छ । अधिकांशमा प्रतियोगितामा दोस्रो, तेस्रो हुन्थे । हााजिरी जवाफ प्रतियोगितामा सहभागी हुन प्राय मलाईनै पठाउनुहुन्थ्यो सरहरुले । दोलखाको हनुमन्तेश्वर, निलकण्ठेश्वर माविमा सहभागी हुने विद्यार्थीमा गणनामा पर्थे म ।
अहिले लाग्छ यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउनको कारण बाह्य अध्ययन गर्नु र केही ज्ञान हुनु । उपन्यास पनि म स्कुले जीवनदेखिनै पढ्ने गर्थे । त्यत्तिखेर उपन्यास भनेको सेक्स सम्बन्धि मात्र लेख्ने रहेछ जस्तो लाग्थ्यो । हुन त त्यत्तिखेर थोरै लेखक र थोरै प्रकाशन हुनको कारण पनि होला । फरक फरक विषयमा पुस्तकहरु नपाउनु । मलाई थाहा छैन कि विद्यार्थीहरुले बाह्य ज्ञानको अन्य पुस्तकहरु पनि पढ्नु पर्छ भनेर कहिले भन्नुहुन्नथ्यो । त्यत्तिबेर म चरिकोट र बजारको पहुँचमा पनि थिएन । मेरो घर र स्कुलबाट चरिकोट आउन ६,७ घण्टा लाग्थ्यो ।
बिहान आएर बेलुकी हिडेरै फर्किनुपथ्र्यो । कुन कुन पत्रपत्रिका र पुस्तक प्रकाशन हुन्छ ? कस्ता पुस्तकहरु पढ्नुपर्छ भन्ने सल्लाह, सुझाव कसैले दिनुहुन्नथ्यो । यी यस्ता कुरामा स्वविवेक प्रयोग गर्नुपथ्र्यो । चरिकोटमा म सिएमए पढ्न २०५५ सालमा आएको थिए । त्यत्तिबेला प्राय दिउँसो मेरो समय हारती स्टेशनरीमा बित्थ्यो । प्राय त्यहाँ दैनिक पत्रिका र मासिक पत्रिकाहरु पढ्थे । नयाँ नयाँ पत्रिकाहरु पढ्न मलाई खुब रहर लाग्थ्यो । मलाई मन पर्ने मासिक पत्रिकाहरु किनेरै लान्थे र घरमा सुरक्षितसाथ राखेर पढ्थे । अहिले पनि मेरो कोठामा पुराना पत्रिकाहरु सुरक्षितनै छ । पुस्तकहरु त झन नहुने कुरै भएन । त्यत्तिबेला थोरै पुस्तक पसल, दैनिक लेखकको भाउ बढ्ने भएकाले पनि पाठकको संख्यामा कमि आएको मानिन्छ ।
सरकारले प्रत्येक स्थानीय तहमा पुस्तकालय स्थापना गर्ने लक्ष्य लिए तापनि सफल हुन सकेको छैन । साथै यसअघि प्रत्येक विद्यालयमा पुस्तकालयको स्थापना गर्नको लागि सरकारले लाखौ रुपैयाँ खर्चे तापनि त्यसको खासै उपलब्धी देख्न पाईएन । अहिले कतिपय विद्यालयमा रहेको पुस्तकालयमा माकुरोको जालो छ त कतिपय विद्यालयका शिक्षकहरुले घरमा पुर्याएका छन् पुस्तकहरु । पुस्तक पढ्ने प्र्रभावकारी वातावरणको सिर्जना नभई हचुवाको भरमा अनुदान दिने र अवधारणा बनाउनुको राज्यको ढुकुटी रित्याउने मात्र हो ।
हिजोको दिनमा स्थापना गरेका पुस्तकालयमा कत्ति पाठक छन् त नियमित अध्ययन गर्ने । किन जाँदैनन पुस्तकालयमा पुस्तक पढ्न ? यस बारेमा गहिरो अध्ययन हुन सकेको छैन । सहयोगी निकायले पनि जत्ति सक्यो उत्ति पुस्तक सहयोग गर्ने अनि त्यसको उचित व्यवस्थापन र सिष्टम नहुँदा घर र बोर्ड बाहेक अरु केही उपलब्धी देखा नपर्ने । जसले पुस्तकको महत्व र पुस्तकको ज्ञानको बारेमा शुन्यता छाएको छ ।
अहिले पनि विदेशीहरु पुस्तक पढ्ने गर्छन । हरेक यात्रामा नयाँ नयाँ पुस्तक पढ्ने र त्यसको बारेमा जानकारी लिने गर्छन । तर, नेपालीहरु यात्रामा होस या भेटघाटमा होस घण्टौसम्म अनावश्यक गफ चुटेको भेटिन्छ । आफ्नो बारेमा एक मिनेट नसोच्नेले अमेरिका, जापान, चीनको राष्ट्रपतिको इतिहासको बारेमा गफिने धेरै भेटिन्छन् । एक चियाले करोडौ, अरवौको गफ दिन सिपालु छन् नेपालीहरु । त्यसैले आज अन्तराष्ट्रिय पुस्तक दिवसको अवसरमा पुस्तक होईन मलाई गफालय स्थापना गर्ने ठूलो धोको छ । सरकार र राजनीतिक दलले पनि कर्मचारी र कार्यकर्ताको मागलाई ध्यानमा दिई गफालयको लागि खर्च गर्न सकेमा आफ्ना पक्का कार्यकर्ता बन्थ्यो कि ?

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here