चरिकोट। नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दोलखाले २१औ जिल्ला सम्मेल आयोजक कमिटी गठन गरेको छ ।
शुक्रबार चरिकोटमा सम्पन्न चौथो विस्तारित वैठकले राजकुमार ढुङ्गेलको संयोजकत्वमा १०९ सदस्यीय जिल्ला सम्मेलन कमिटी गठन गरेको हो । जिल्ला सम्मेल आयोजक कमिटीमा सचिबको जिम्मेवारी जिप्छिरिङ शेर्पालाइ दिएको।
कमिटीले मंसिर भित्र जिल्ला सम्मेलन गरि सक्ने बताउदै संयोजक ढुङ्गेलले भने, बैशाख १७ गते भित्र जिल्लाको ११ वटै क्याम्पसहरुमा क्याम्पस कमिटी गठन गर्ने र बैशाख भित्र जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने तयारी रहेको छ। उनले दोलखाका सबै स्थानीय तहमा जेठ महिना भित्र पालिका कमिटी गरिसक्ने बताए।
भेलामा नेकपा एमाले दोलखा जिल्ला कमिटी पार्टी अध्यक्ष ईश्वर चन्द्र पोखरेल, सचिब नर बहादुर श्रेष्ठ , एमाले नेता भरत बहादुर केसि , अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य अबिषेक सुबेदी, रमेश श्रेष्ठ, शक्ति पाठक लगाएत नेताहरुको उपस्थित थियो।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जिल्लामा नेकपा एमाले र अनेरास्ववियु भनेको एउटा मात्रै रहेकाले सबैले अनुशासन बसेर पार्टीको विधि, विधान र प्रक्रिया मान्नुको विकल्प नरहेको बताए।
“पार्टीमा फरक मत र विचार राख्न सबैले पाउछ, तर त्यसो भन्दैमा कर्णालीमा जस्तो गतिविधि भएमा पार्टीले कार्वाही ठोक्छ,” उनले भने, “तिनिहरु एमाले भित्रका फरक विचार र मत राख्ने नभई सिंधै कुनै दोस्रो पार्टीका मानिसहरू भएको छर्लङ्ग भइसकेको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here