चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वठा नम्बर -३ चरिकोटमा भीमेश्वर रंगशाला निर्माणाधीन अवस्थामा छ।
रंगशाला निर्माणको सिलसिलामा सडकको सतह मिलाउने क्रममा नेपाल टेलिकम दुर सञ्चार कार्यलय चरिकोटले बिस्तार गरिएको अण्डरग्राउण्ड केबुलमा समेत क्षति पुगेपछि टेलिकमको सेवा अवरुद्ध भएको छ।
टुडिखेल मुनि बनाइएको म्यानहोलमै क्षति पुग्दा सदरमुकाम चरिकोटको ७ सय ल्याण्डलाईन सेवा अवरुद्ध भएको छ।
त्यसैगरि पाँच सय एडीएसएल सेवा र ७ वटा बैंकको लिजलाईन अवरुद्ध भएको नेपाल टेलिकम दुर सञ्चार कार्यलय चरिकोटका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।
सडक खन्ने क्रममा अण्डरग्राउन म्यानहोल नै सार्नुपर्ने भएपछि आईतवार दिउँसो ३ बजेदेखि लाईन अबरुद्ध भएको हो।
हाल तारलाई बाहिबाटै तान्ने काम भइरहेको छ। १५० मिटर लम्बाईको ६ वटा तार बुधबारसम्म तानि सक्ने र बिहिबारबाट सबै सेवा सुचारु हुने शाखा प्रमुख गिरीले बताउनुभयो ।
यसैबीच आज दिउँसो अबरुद्ध भएको मोबाइल सेवा भने सञ्चालनमा आईसकेको छ, र हालै बिस्तार गरिएको फाइबर सेवामा समस्या नरहेको टेलिकमले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here