दोलखा । दोलखा मेलु गाउँपालिका वडा नम्बर -३ घ्याङका व्यवसायी वसन्त लामाले दोलखाका फुटबल खेलाडीहरू सहयो गर्ने भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर -७ मकैबारी स्थित इको टुरिजम प्रमोसन एण्ड रिसर्च सेन्टर (इकोटिपार्क)लाई खेल लगाएत समाजिक कार्यका लागि सहयोग गर्ने भएको हो।
लामाले चैत १८ देखि २१ गते सम्म हुन लागेको दोलखा जिल्ला नकआउट फुटबल प्रतियोगितामा भाग लिने ईकोटिपार्क टिमलाई खेल सामाग्री तथा नगद सहयोग गर्ने भएको इकोटिपार्का अध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो ।
लामाले तत्कालका लागि उक्त सहयोग गर्ने भएपनि आगामी दिनमा पनि सामाजिक कार्यहरूमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको तामाङले बताउनुभयो ।
बसन्त लामा द बर्गर हाउस एण्ड कर्न्ची फ्राई चिकेनका सञ्चालक हुन। कम उमेरमै राम्रो व्यापार गर्न सफल भएको लामाको नेपालभरि ६३ वटा शाखा सञ्चालन भइरहेको छ। त्यसैगरी २१ वटा द बर्गर हाउस एण्ड कर्न्ची फ्राई चिकेन सञ्चालन हुने क्रम छ।

 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here