चरिकोट, दोलखा फागुन २८ गते । बैंदेशिम रोजगारीको सिलसिला साइप्रसमा मृत्यु भएकी दोलखाली महिलाको परिवारलाई बिमा दाबी भुक्तानी दिइएको छ।
गौरीशंकर गाउँपालिका वडा नम्बर -८ खारेकि सुक्री तामाङको परिवारलाई चरिकोट स्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाख रुपियाँको दाबी भुक्तानी दिएको हो।
मृतककी सासू निरमइ तामाङलाई शुक्रबार सो रकह बराबरको चेक हस्तान्तरण गरिएको शाखा प्रवन्धक नीर कुमार फुयालले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारीमा जाने क्रममा २०७६ साल साउनमा २२ वर्षीया सुक्री तामाङले म्यादी बीमा गरेकी थिइन।रोजगारीको सिलसिलामा साइप्रस पुगेकी उनको गत मंसिरमा मृत्यु भएको थियो।
वैदेशिक रोजगारीमा जानेहरूको अनिवार्य रुपमा म्यादी बीमा गरिन्छ । मृत्युु भएमा १४ लाख रुपियाँ बिमा दावी दिन प्रावधान छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here