कम उमेरमै सफल व्यवसायी बन्न सफल दोलखाका युवा व्यवसायी सुजन रिमाल सम्मानित भएका छन्।
विगत लामो समयदेखि निष्ठा र समर्पणका साथ शिक्षा क्षेत्रमा पुर्याउएको योगदानको कदर गर्दै दक्ष ईन्टरनेशनलको आयोजनामा शनिबार राजधानीमा आयोजित मिस एण्ड मिसेस व्यूटिफुल नेपाल२०२१ को ग्राण्ड फिनालेको विशेष समारोहमा सम्मान गरिएको हो।
काठमाडौंलाई आधार बनाई विगत १३ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका रिमालले समाजमा रहका विकृति विसंगति विरुद्ध विभिन्न शैक्षिक गतिविधिको माध्यमबाट आम नेपालीलाई सचेतना फैलाउदै सभ्य समाज निर्माणमा प्रशंसायोग्य योगदान पुर्याउदै आउनुभएको छ।
महत्त्वपूर्ण सेवा, भाव, लगन तथा कर्तव्य निष्ठाका साथ नेपाली शिक्षा क्षेत्रको संरक्षण सम्बर्द्धन र विकासको निमित्त गरिएको योगदानको उच्च प्रशंसा एवम् मूल्यांकन गर्दै सम्मान गरिएको दक्ष ईन्टरनेशनका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानसेनापति रुक्माङ्गद कटवालले रिमाललाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।
व्यवसायी रिमालले सम्मानले आफूलाई जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले आगामी दिनमा शिक्षा क्षेत्रमा मात्रै नभइ स्वास्थ क्षेत्रमा समेत जनतालाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here