मिस्टर एण्ड मिस तराई इन्टरनेश्नल मोडलिङ् सिजन २ को अडिसन जनकपुरमा सम्पन्न भएको छ।
शनिबार ब्राइट इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको मोडलिङ् सिजन २ को अडिसनबाट ३७ जना युवायुवती छनोट भएका छन् । जनकपुर, वीरगञ्ज, बिराटनगर, सिरहा, रौतहट, बारा लगायतको जिल्लाबाट ५४ जना युवायुवती सहभागि भएको संस्थाबा अध्यक्ष राजन बुढाथोकीले जानकारी दिनुभयो ।
अडिसनमा छनोट भएका युवायुवतीहरुलाई २५ दिन मोडलिङ् सम्बन्धी प्रशिक्षण दिइने छ भने अगामी चैत ७ गते फाइनल छनोट गरिने छ।
धनुषाको सबैला नगरपालिकाका मेयर विजयशंकर साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अमित गिरी, राजन बुढाथोकी, एसके शर्मा लगायतले जर्जको भूमिका निर्वाह गरेका थिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here