चरिकोट, दोलखा। सरस्वती पुजाको अवसर पारेर दोलखा, लापिलाङका अति सीमान्तीकृत थामी बालबालिकालाई स्कुल झोला वितरण गरिएको छ।
कालिञ्चोक गाउँपालपका वडा नम्बर -६ लापिलाङ स्थित बलम्बु आधारभूत विद्यालयमा अध्ययनरत थामी बालबालिकाहरुलाई स्कुल झोला वितरण गरिएको हो।
प्रेम-पूर्ण-प्रताप फाउण्डेशनको सहयोगमा विद्यालयको
बाल कक्षादेखि तीन कक्षा सम्मका बिद्यार्थीहरुका लागि ७१ थान स्कुल झोला सहयोग गरेको फाउन्डेसनले जनाएको छ।
झोला सरस्वती पुजा एवम् विद्यालयको अभिभावक भेला कार्यक्रमका प्रमुख अतिथि कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले बालबालिकाहरुलाई हस्तान्तरण गर्नुभएको छ।
लापिलाङ अति सीमान्तीकृत थामी समुदायको बाहुल्यता रहेको ठाउँ हो। त्यसैले पनि बलम्बु आधारभूत विद्यालयमा शतप्रतिशत अर्थात १९३ जना विद्यार्थी नै थामी जातीका रहेको प्रधानाध्यापक विमल प्रकाश थामीले जानकारी दिनुभयो। त्यसै गरि बिद्यालयका सबै शिक्षक पनि सबै थामी जाती कै छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here