दोलखाको विगु गाउँपालिका वडा नम्बर – ४ मा ट्याक्टर दुर्घटना भई बेपत्ता भएका एक बालक मृत फेला परेको छ।
गत माघ २० गते सिंगटी-लामाबगर सडक खण्डमा दुर्घटना भइ तामाकोसी नदीमा खसेको ट्याक्टरमा सवार १४ वर्षीय बालक अनन्त बहादुर खड्काको सव १३ दिनमा भेटिएको हो ।
सशस्त्र प्रहरी बल नम्बर १८ गुल्म दोलखाको समन्वयमा सशस्त्र प्रहरी बल विपद उद्धार गणमा कार्यरत गोताखोर टोलीले बिगु गाउँपालिका वडा नम्बर -४ स्थित वलीटार दहमा सोमबार दिउँसो पौने तीन बजेको समयमा बालकको सव फेला पारेका छन्।
बालकको सव पानी मुनि पाँगो माटमा घोप्टो परेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल नम्बर १८ गुल्म दोलखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक बुद्धि नारायण महर्जनले जानकारी दिनुभयो ।
हाल बालकको सव ईलाका प्रहरी कार्यलय सिंगटीमा राखिएको र पोस्टमार्टमका लागि चरिकोट ल्याउने तयारी भइरहेको छ।
माघ २० गते सिंगटी बजारतर्फ आईरहेको लु ३ त ९२६१ र लु ३ त ९२६३ नम्बर को ट्याक्टर एकअर्कालाई ओभरटेक गर्ने क्रममा लु ३ त ९२६१ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भई ट्याक्टरमा सवार बालक तामाकोसी नदीमा बेपत्ता भएको थियो।
बालब ट्याक्टरको चालक हो या ट्याक्टरमा यात्रा गरिरहेका हुन भन्ने कुरा अझै खुल्न सकेको छैन्।
तर स्थानीयका अनुसार बालकले नै ट्याक्टर चलाएको र एक दिशातर्फ आइरहेका दुई ट्याक्टरहरु ओभरटेक गर्ने क्रममा लु ३ त ९२६३ नम्बर को ट्याक्टरले पाङ्ग्रामा ठक्कर दिएपछि ट्याक्टर सडकबाट नदीमा खसेको बुझिन आएको।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here