चरिकोट । दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरी स्थित जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा माधव दाहाल निर्वाचित भएका छन्।
शनिवार भएको मतदानमा १९३० मत ल्याई दहाल विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी सितराम दहालले ९३४ मत ल्याएका छन्।
सहकारीको कुल मतदाता १२ हजार ५ सय १२ रहेपनि तिव्र राजनीति चलखेलका कारण ३ हजार १ सय ९२ जनाले मतदान गरेको शेयर सदस्य अनिल दहालले बताउनुभयो ।
विजयी दहाल ओली समुहको हो भने सीताराम दहाल नेपाल-दहाल समुहबाट खुलेर नै चुनावी मैदानमा होमिएका थिए।
पौष ५ गतेको संसद विघटन पछि जिल्लाको नेकपामा देखिएको तिव्र ध्रुवीकरणका कारण ओली समूह र दहाल-नेपाल समूह चुनावी मैदानमा होमिएको थियो।
दहाल नेपाल समुहको प्रदेश सांसद पशुपति चौलागाईंको पकट क्षेत्र भनिएको काभ्रेमा सहकारीको चुनावमा समेत तिव्र राजनीति रङ दिन थालेपछि दुवै पक्षले प्रसस्तै चलखेल गरेका थिए।
काव्रे स्थित हनुमन्तेश्वर उच्च माध्यमीक विद्यालयको प्राङ्गणमा शनिबार बिहान ८ बजेबाट बेलुका ५ बजेसम्म नेपान प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराउमा सञ्चालक समितिको अध्यक्ष सहित सदस्यलाई मतदान गरिएको थियो ।
त्यसैगरि सहकारीको उपाध्यक्षमा १९५३ मत सहित गीताकृष्ण शर्मा पदका लागी पूर्व सहसचिव गीताकृष्ण शर्मा विजयी भएका छन्। उनी नेपाली कांग्रेस निकट शिक्षक हुन्। त्यसैगरी काब्रे सदस्यमा १४७७ मत सहित राजकुमार दहाल, नाम्दु सदस्यमा १०९२ मत सहित कमल प्रसाद चौलागाईं र जनजाति सदस्यमा १८३१ मत सहित गिता भुजेल विजयी भएका छन्।
यस अघि सहकारीको सचिवमा लक्ष्मण चौलागाई, सह-सचिवमा विशाल गीरी र कोषाध्यक्षमा राजन केसी निर्विरोध निर्वाचित भइसकेका छन् छन्।
बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी ९० करोड २१ लाख ३१ हजार २२ रुपैया रहेको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here