चरिकोट । दोलखको जनहित बहुउद्देश्यीय सहकारी संस्थाले करिब ६९ लाख खुद नाफा कमाउन सफल भएको छ।
भीमेश्वर नगरपालिका वडा नम्वर-३ चरिघ्याङमा मुख्य कार्यलय रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा ६८ लाख ९४ हजार दुई सय ७८ रुपियाँ नाफा कमाउन सफल भएको हो।
शनिबारको १९ अौ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष राम बहादुर ओलीले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थामा नाफाका साथै १५ प्रतिशतले पुँजी वृद्धि भएको बताउनुभयो।
संस्थामा सदस्यता संख्या, बचत र ऋण लगानी बढ्नुका साथै मुनाफा र पुजी वृद्धि भएको हो।
आर्थिक वर्ष २०७५/०७६ मा २५ करोड ५६ लाख ४१ हजार ९३५ कुल पुँजी रहेकोमा तीन करोड ९५ लाख ५० हजार १२० वृद्धि भई २९ करोड ५१ ला ९२ हजार ५५ रुपियाँ पुगेको संस्थाको सचिव श्यामकृष्ण कायस्थले बताउनुभयो।
गत आवमा दुई हजार एक सय १८ शेयर सदस्य रहेको संस्थामा ८ प्रतिशतले वृद्धि भई चालू आवमा दुई हजार तीन सय चार पुगेको छ।
त्यसैगरी संस्थाले आफ्नो ऋणी शेयर सदस्यहरुलाई लकडाउन अवधिभरको ब्याज छुट भने बचतकर्तालाई कबोल गरिएको व्याज दरमा ०.५ प्रतिशत थप व्याज गरि जम्मा ११ लख ५६ हजार ७०१ रुपियाँ खर्च गरेको छ।
संस्थाले आगामी वर्ष कुल पुँजी वृद्धि गरि ३५ करोड पुर्‍याउने लक्ष्य राखेको छ।
संस्थाका अध्यक्ष दिनेश वस्नेतले आगामी वर्षसम्म बाल बचत कर्ता सहित ३५ सय सदस्य बनाउने बताउनुभयो।
उहाँले आगामी चार वर्षे कार्यकालका लागि ११ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गर्दै पुस १८ गते साधारण सभा समापन हुने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here