चरिकोट। नेपाल उद्योग बाणिज्य महासंघकाे केन्द्रीय कार्यकारिणी सदस्यमा रामेश्वर मानन्धर निर्वाचित हुनुभएको छ।
महासंघको ५४ औं वार्षिक साधारण सभाबाट केन्द्रीय सदस्यका जिल्लानगर समूह खुल्ला तर्फका उमेदवार रामेश्वर मानन्धर विजयी हुनुभएको हो।
कुल १०५ मत खसेकोमा उहाँले ६३ मत ल्याइ विजयी भएको उद्योग बाणिज्य संघ दोलखाका महासचिव हेमराज रिमालले जानकारी दिनुभयो ।
मानन्धर दोलखा उद्योग वाणिज्य महासंघमा तीन कार्यकाल अध्यक्ष हुनुभएको थियो। उहाँको कार्यकालको एक गाउँ एक उत्पादन जस्ता कार्यक्रम चर्चित छन्।