चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकाले कोरोना संक्रमण बाबजुद पनि राम्रो आर्थिक प्रगति हासिल गर्न सफल भएको छ।
आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रतिवेदन अनुसार नगरपालिकाले १५ प्रतिशत भन्दा बढिको वित्तीय प्रगती हासिल गरेको हो।
शुक्रबार भीमेश्वर नगरपालिकाको प्रवक्ता हरिवंश चौलागाँईले सार्वजनिक गरेको चौमासिकको प्रगति प्रतिवेदन अनुसार चालु वर्षमा विनियोजित बजेट ७८ करोड ७ लाख ९८ हजारमा १५ दशमलव ७० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको हो।
३९, करोड ६० लाख ५ हजार ३५० रुपियाँ चालु र ४७ करोड, ३२ लाख ९२ हजार ६५० रुपियाँ पुँजीगत बजेट विनियोजन भएकोमा चालू तर्फ ९ करोड ७८ लख ७७६ रुपियाँ अर्थात २७ दशमलब ७० प्रतिशत र पुँजीगत तर्फ ३ करोड ८८ लाख ७८ हजार ३४५ रुपियाँ अर्थात ८ दशमलब २१ प्रतिशत प्रगति हासिल गरेको छ।
नगरपालिकाले कात्तिक चौथो सातासम्म कार्य सम्पन्न भएका ३० वटा आयोजनाको भुक्तानी समेत दिएको प्रवक्ता चौलागाईंले जानकारी दिनुभयो ।
उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने पूर्वाधार तर्फका १६६ आयोजनामा हालसम्म ७० वटाको सम्झौता सम्पन्न भएको छ भने ठेक्का विधिद्वारा कार्यान्वयन हुने १८ वटा आयोजना मध्ये हालसम्म ९ वटा आयजना ठेक्का सम्झौता भई कार्यान्वयनमा रहेका छन्। त्यसैगरी ७ वटा ठेक्का बन्दोबस्तको सूचना भएका योजनाहरु रहेको नगरपालिकाले जनाएको छ।
संघ र प्रदेबाट ३१ प्रतिशत बजेट प्राप्त
भीमेश्वरनगरपालिकाले चालू वर्ष संघीय सरकारबाट ५६ करोड ५७ लाख बजेट पाउनुपर्नेमा हालसम्म १६ करोड ७९ लाख दुई हजार अर्थात २९ दशमलब ६८ प्रतिशत प्राप्त गरेको छ ।
त्यसैगरी प्रदेश सरकारबाट ८ करोड ६९ हजार पाउनुपर्नेमा १ करोड १७ लाख ९४ हजार अर्थात १४ दशमलब ७३ प्रतिशत प्राप्त गरेको छ।
संघ र प्रदेशको राजस्व बाँडफाँडबाट १३ करोड १७ लाख ७२ हजार ३५० रुपियाँ पाउनुपर्नेमा २ करोड ८ लाख ९५ हजार ८३ रुपियाँ अर्थात् १५ दशमलब ८६ प्रतिशत प्राप्त भएको छ।
त्यसैगरी आन्तरिक आय तर्फ २ करोड ५० लाख लक्ष्य राखिएकोमा ७५ लाख ३९ हजार ७८० रुपियाँ आम्दानी भएको छ।
प्रथम चौमासिक प्रगति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले भीमेश्वर नगरपालिकाले कोरोना महामारीको बाबजुद पनि राम्रो बित्तिय प्रगति गर्न सफल भएको बताउनुभयो। जिससले जिल्लको अन्य स्थानीय तहको प्रथम चौमासिक बित्तिय प्रगतिको समेत अनुगमन गरेको उल्लेख गर्दै उहाँले अन्यको तुलनामा भीमेश्वर नगरपालिकाको गति तिब्र रहेको दाबी गर्नुभयो। “यहीँ गतिमा बजेट कार्यान्वयन हुँदै जाने हो भने आर्थिक बर्षको अन्त्यसम्म ९० / ९५ प्रतिशत बजेट कार्यान्वयन हुन्छ, त्यो राम्रो कुरा हो ।” उहाँले भन्नुभयो।
त्यसैगरी नगरपालिकाका मेयर भरत बहादुर केसीले चरिकोट अस्पताललाई प्रदेश अस्पतालको रुपमा स्तरोन्नती गरी सञ्चालन गर्ने वागमती प्रदेश सरकारको प्रतिवद्वता आएको सन्दर्भमा हालको संक्रमणकालिन सेवा व्यवस्थापन न्यूनतम् शुल्कमा आधारित हुने गरी सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
उहाँले नगरपालिकाले सार्वजनिक निर्माण र सेवा व्यवस्थापनलाई सूचना प्रविधिमैत्री वनाउदै आर्थिक पारदर्शिता र सरोकारवालाहरुको सूचनाको हकलाई सुनिश्चितता गर्दै लैजान सूचनाहरुलाई कार्यालयको वेवसाइट र फेसवुक पेज मार्फत अद्यावधिक प्रसारण गर्ने, आयोजना सम्वन्धी विवरणहरुको अद्यावधिक ड्यास वोर्ड मार्फत भएको, नक्सापासलाई सफ्टवयर मार्फत डिजिटलाईज गर्ने कार्य हुदै गरेको, स्थानीय सञ्चार माध्यम मार्फत जानकारी गराउने, सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलन मार्फत सुसूचित गराउदै लैजाने नीति अवलम्वन गर्दै आईरहेको बताउनुभयो ।
नगर गौरवको आयोजना पाराफिट सहितको भीमेश्वर रङ्गशाला निर्माण कार्य अघि बढेको, सुविधा सम्पन्न भीमेश्वर कभर्ड हल निर्माणको अधिकांश कार्य सकिन लागेको, सार्वजनिक शौचालय सहितको बहुउद्देश्यीय भवन निर्माण कार्य करिव अन्तिम चरणमा पुगेको, सूचना केन्द्र सहितको भीमेश्वर प्रवेशद्वार निर्माण यसै आ.व.मा सकिने गरी कार्य भईरहेको, भी.न.पा. ७ भुलभुलेमा औद्योगिक ग्राम पूर्वाधार निर्माण ठेक्का सम्झौता भएको आदि नगर गौरवका आयोजनाहरु सञ्चालनमा रहेको व्यहोरा उहाँले जानकारी गराउनुभयो।
पाराफिट सहितको भीमेश्वर रङ्गशाला निर्माण कार्य अघि बढेको, सुविधा सम्पन्न भीमेश्वर कभर्ड हल निर्माणको अधिकांश कार्य सकिन लागेको, सार्वजनिक शौचालय सहितको बहुउद्देश्यीय भवन निर्माण कार्य करिव अन्तिम चरणमा पुगेको, सूचना केन्द्र सहितको भीमेश्वर प्रवेशद्वार निर्माण यसै आ.व.मा सकिने गरी कार्य भईरहेको, भी.न.पा. ७ भुलभुलेमा औद्योगिक ग्राम पूर्वाधार निर्माण ठेक्का सम्झौता भएको आदि नगर गौरवका आयोजनाहरु सञ्चालनमा रहेको समेत जानकारी गराउनुभयो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here