चरिकोट । चरिकोट स्थित  दोलखाको भीमेश्वर नगरपालिकाको कार्यलयमा  हेल्प डेस्क स्थापना गरिएको छ।
पछिल्लो समय दोलखा सदरमुकाम लगाएतका स्थानमा कोभिड -१९ को संक्रमित बढेसंगै नगरपालिकामा आउने सवाग्राहीहरुलाई कोभिड -१९ सम्बन्धि जनचेतना दिनका लागि हेल्पडेस्क स्थापना गरिएको हो।
यूएसएडको आर्थिक सहयोगमा तयार नेपाल मार्फत ग्रामीण विकास टुकीसंघ नेपाल दोलखाको सहजीकरण र भीमेश्वर नगरपालिकाको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको ग्रामीण विकास टुकी संघका लेखा तथा प्रशासन प्रमुख मुकुन्द दहालले जानकारी दिनुभयो ।
उहाँले बुधबार देखि सुरु गरिएको हेल्प डेस्क चार महिनासम्म रहेन र आवश्यकता हेरि पुनः बढाउन सकिने बताउनुभयो ।
हेल्पडेस्क स्थापनाको लागि करिब तीन लाख रुपियाँको लागतमा ४३ इन्चकन्ह टिभी, ल्यापटप, प्रिन्टर र फर्निचरको व्यवस्था गरिएको छ भने एकजना कर्मचारीको समेत व्यवस्था गरिएको छ।
टिभीमा देखिने सुचना तथा जानकारीबाट सेवाग्राहीहरु कोभीड १९ देखि सजग हुने विश्वास नगरपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले बताउनुभयो ।
उहाँले हेल्प डेस्कमार्फत कोभीड-१९को बारेमा जनचेतना संगसंगै नगरपालिकाबाट प्रदान गरिने सेवासुविधाको बारेमा समेत जानकारी दिई सेवाग्राहीलाई सहजीकरण गर्ने बताउनुभयो ।
“यस्ले गर्दा कुन सेवा कहाँबाट प्राप्त हुन्छ भन्ने कुरो सेवाग्राहीले सहजै बुझ्छन् र समयको बचत हुन्छ।” उहाँले भन्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here