चरिकोट । दोलखामा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिदा एक मजदुरको मृत्यु भएको छ।
जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर -५ गुरुम्फी स्थित निर्माणाधिन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिदाँ एक मजदुरको मृत्यु भएको हो।
मृत्युु हुनेमा पनौती नगरपालिका -६ काभ्रे पलाञ्चोकका ३१ वर्षीय महेस केसी रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो।
उहाँका अनुसार हाइड्रो पावरको भबन भित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुडिदाँ ३५ फिट माथिबाट क्रेनको डब्बा सहित मजदुर तल ढलानमा खसेको थियो।
टाउकोमा तथा शरिरको बिभिन्न भागमा चोटलागेका मजदुरको घटनास्थलमै मृत्यु भएको थियोे ।
के कसरी दुर्घटना भएको बारे घट्ना स्थलमा अनुसन्धान भइरहेको र लास पोस्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याउँन लागिएको प्रहरीले जनाएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here