चरिकोट । दोलखाको विगु गाउँपालिकाबाट अबैध रुपमा बालुवा ओसारपसार गर्ने चार वटा ट्रयाक्टर नियन्त्रणमा लिइएको छ।
गाउँपालिकाको वडा नम्बर – ४ ओलीटार स्थित तामाकोसी नदीमा अबैध रुपमा बालुवा उत्खनन गरि ओसारपसार गरिरहेका चार वटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
सो स्थानमा बालुवा उत्खनन गर्दै ओसारपसार गरिरहेको अवस्थामा सोमबार बेलुका पाँच बजे लु३त ९७०३, लु३त ९२६१, लु३त ५१८६ र ना६त २९५० सहित ४ जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।
उहाँले नियन्त्रणमा लिएको ट्रयाक्टर र चालकहरूलाई आवश्यक कारवाहीको लागि गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको प्रधान कार्यालय सिंगटीमा बुझाउने तयारी भइरहेको बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here