चरिकोट । दोलखाको तामाकोसी नदीमा अबैध ढङ्गले राती बालुवा झिक्नेहरु पक्राउ परेका छन्।
भीमेश्वर नगरपालिका वडा नम्बर -५ स्थित तामाकोसी नदीमा बालुवा झिक्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दोलखा नम्बर १८ गुल्म चरिकोटबाट खटिएका १८ जना सशस्त्र प्रहरीले एक स्काभेटर सहित दुई ट्रिपर पक्राउ गरिएको हो।
उनिहरुलाई शुक्रबार राती ११ बजे नदीबाट बालुवा झिकिरहेको अवस्थामा पक्राउ गरिएको गुल्मपति,सशस्त्र प्रहरी नायब उपरीक्षक बुद्धि नारायण महर्जनले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा ट्रिपर चालक वैत्यश्वर गाउँपालपका -६ नाम्दुका रामजी घिमिरे र भीनपा -५ मथानीका मिलन बस्नेत रहेका छन्। त्यसैगरि स्काभेटर चालक चाबी सहित नदीमा पौडेर भागेका छन्। हाल स्काभेटर नदीमै रहेको र चालकको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
विशेष सुराकीको आधारमा तामाकोसी पुगेका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका दुई ट्रिपर र त्यसका चालकलाई चरिकोटमा ल्याइएको छ।
उनिहरुलाई जिल्ला समन्वय समितिलाई बुझाउने गरि कार्य अघि बढेको शस्त्र प्रहरी नायब उपरीक्षक महर्जनले जानकारी दिनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here