चरिकोट। दोलखाको मेलुङ गाउँपालिकमा ५१ जनालाई एन्टी रेविज भ्याक्सिन लगाइएको छ।
गाउँपालिकाकाे वडा नम्बर ५, ६ र ७ मा बौलाहा कुकुरले टाेकेका ११ जना सहित घरपिरवारका ५१ जनालाई शुक्रबार एन्टी रेविज भ्याक्सिन लगाइएको हो।
मेलुङ गाउँपालिका र महामारि राेग नियन्त्रण महाशाखा टेकु अष्पतालका बिशेषज्ञ चिकित्सकहरुद्वारा Anti Rabies vaccine निशुल्क रुपमा लगाउने कार्य सम्पन्न भएको गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाको पहलमा पालिकामै निशुल्क एन्टी रेविज भ्याक्सिन लगाउने व्यवस्था गरिएको उल्लेख गर्द‌ै उहाँले आज भ्याक्सिन लगाएकाहरुलाई १४ र १९ गते समेत लगाउने कार्यक्रम रहेको बताउनुभयो ।
गाउँपालिकामा गत असारको अन्तिम साता एउटै कुकुरले टोकेका १२ जनामध्ये तीनजनाको मृत्यु भएको छ । २७ असारमा एउटै कुकुरले टोकेका १२ जनामध्ये एक बालकसहित तीनजनाको मृत्यु भएको थियो।
मृत्युु हुनेमा मेलुङ– ६ तिनपिप्लेस्थित गैरागाउँका अन्दाजी ३० वर्षीय रामचन्द्र भण्डारी, मेलुङ– ५ सुँगुरेनिवासी १५ वर्षीय सुरेश विक र मामाघर बस्दै आएका बैतेश्वर गाउँपालिका– ६ नाम्दुका सात वर्षीय बालक कुशल नेपाली रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here