चरिकोट । दोलखाको गौरीशंकर गाउँपालिकाको दुई जनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
तेस्रो मुलुकबाट आई क्वारेन्टाइनमा रहेको एक र गाउँपालिका अन्तर्गतको एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।
साउन २५ गते उनिहरु सहित सात जनाको स्वाव परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएकोमा दुई जनको पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो । उहाँले संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ बुधबारबाट गरिने बताउनुभयो।
गाउँपालपकका अध्यक्ष स्वयम् बहादुर खड्काका अनुसार कर्मचारी काठमाडौंबाट हालै आएका थिए।
हाल तेस्रो मुलुकबाट आएको नागरिक क्वारेन्टाइनमै रहेको र कर्मचारी पनि क्वाटरै रहेका छन्। संक्रमित दुबै जना पुरुष हुन्।यसअघि पनि गौरीशंकरकै दुईजनमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। विदेशबाट आई क्वारेन्टाइनमा बसेका उनिहरु सहित विदेशबाटै आई क्वारेन्टाइनमा बसेका भीमेश्वरका एकमा समेत कोरोना पोजेटिभ देखिएको थियो।
उनिहरु तिनै जना निको भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।
हालसम्म जिल्लाबाट चार सय २४ जनाको पिसिआर टेस्ट र एक हजार सात सय ४६ जनाको आरडिटि टेस्ट गरिएको छ। जसमध्ये पाँच जननमा कोरोना पोजेटिभ देखिएको हो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here