दोलखाको भीमेश्वर नगरपालिकामा आयोजित दोस्रो चरिकोट स्नोकर च्याम्पियनसिपको उपाधि प्रविन बोम्जन तामाङले हात पार्न सफल भएको छ।
शनिबार भएको फाईनल खेलमा प्रतिस्पर्धी सोवित नेपालीमाथि शुन्यका विरुद्ध तीन फ्रेम जित निकाल्दै भीमेश्वर नगरपालिका -३ चरिघ्याङका प्रविन बोम्जन तामाङ प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
प्रतियोगितामा प्रथम भएका बोम्जनलाई नगद १० हजार रुपियाँ सहित ट्रफी र द्वितीय भएका भीमेश्वर नगरपालिका -४ जिलुका नेपालीलाई तीन हजार नगद सहित ट्रफी प्रदान गरिएको आयोजक भीमेश्वर सेनेटरी एण्ड सप्लायर्सका प्रोपाईटर रमेश श्रेष्ठले जानकारी दिए।
त्यसैगरी प्रतियोगितामा वेस्ट प्लेयर बनेका भीमेश्वर नगरपालिका -३ पुरानो बजारका किरण श्रेष्ठलाई पनि ट्रफी प्रदान गरिएको छ।
भीमेश्वर नगरपालिका वडा नम्बर -६ सिमपानी स्थित ह्याप्पी डेज विलियड्समा बिहिवारबाट प्रतियोगिता सुरु भएको थियो।
प्रतियोगितामा जिल्ला भरबाट ३२ जान खेलाडीहरु सहभागी रहेको ह्याप्पी डेज विलियड्सका सञ्चालक सुजन खड्काले जानकारी दिए। खेल वेष्ट अप फाईभ फ्रेममा खेलाइएको थियो ।
अन्य खेलहरु जस्तै स्नोकर खेलको पनि बिकास गर्ने उद्धेश्य सहित केहि समय देखि ह्याप्पी डेज विलियड्सले प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
अन्य खेलको तुलनामा फरक शैलिको स्नोकर खेलमा पछिल्लो समय युवाहरुको आकर्षण बढदै गएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा मात्रै हाल पाँच वटा स्नोकर हाउस रहेका छन् भने करिब पाँच सय खेलाडीहरु रहेका छन्।
धार्मिक ,सांस्कृतिक र प्राकृतिक पर्यटको हव बन्दै गएको चरिकोटमा खेल क्षेत्रमा हुने विभिन्न प्रतियोगिताले पनि दोलखाको पर्यटन प्रवर्द्धनमा सहयोग मिल्ने बताउदै सञ्चालक खड्काले आगामी दशैमा समेत राष्ट्रिय स्तरका खेलाडीहरु बोलाएर प्रतियोगिता गर्ने बताए।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here