चरिकोट । कोभिड १९ कोरोना भाइरस संक्रमणको सम्भावित जोखीमलाई मध्यनजर गर्दै बाटोमा हिंड्दा सामाजिक दुरी कायम नगर्ने र मास्क नलगाई हिडडुल गर्ने करिब साढे पाँच सय सर्वसाधारण कार्वाहीमा परेका छन्।जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार आईतवार माक्स नलगाई हिडडुल गर्ने २९८ पुरुष र २४५ महिला गरि पाँच सय ४३ जना सर्वसाधारणलाई कोभि१९ को बारेमा सम्झाई बुझा छाडिएको छ ।
त्यसैगरी ९ महिला ३१ पुरुष गरि जम्मा ४० जनालाई जिल्ला संकट व्यवस्थापन केन्द्र दोलखा चरिकोटको निर्णय अनुसार प्रतिब्यक्ति सय रुपियाँको दरले जरिवानाको चिट काटी कार्वाही गरिएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिनुभयो । कार्वाही बाट चार हजार रुपियाँ राजस्व समेत संकलन भएको छ।
आज जिल्लाका केही स्थानबाट कार्वाही सुरु गरिएको उल्लेख गर्दै प्रवक्ता बज्राचार्यले सोमबारदेखि जिल्लाका मुख्य बजार, लगायत आसपासका क्षेत्रहरुमा मास्क नलगाइ हिडडुल गर्ने र अनावश्यक भिडभाड गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउने बताउनुभयो ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भइरसको संक्रमण नेपालमा समेत तिब्र रुपमा बढ्दै गएको छ।
करिब ४ महिनाको लकडाउनपछि केही खुकुलो गरिएसंगै नेपालमा समेत संक्रमण बढ्नुका साथै मृत्युु हुनेको संख्यामा वृद्धि भएको छ।
यसै कुरालाई मध्ये नजर गर्दै जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकार भीमकान्त पौड्याले शुक्रबार सदरमुकाम चरिकोटमा मास्क नलगाउनेहरुलाई मास्क वितरण गर्दै आईतवारबाट अनिवार्य मास्क लगाएर मात्रै बाहिर निश्कन अनुरोध गर्नुभएको थियो।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख विभु कुमार झा ले मास्कले संक्रमित एक व्यक्तिबाट अन्य ब्यक्तिमा संक्रमण फैलन नदिनका लागि सहयोग गर्ने भएकाले पनि मास्क अनिवार्य गर्दा संक्रमण फैलन रोक्ने दावी गर्नुभयो ।
“नेपालमा लक्ष्यणनै नदेखिएकोमा समेत कोरोना पुष्टि भएकाले सबैले मास्क लगाएमा संक्रमण फैलन दिदैन” उहाँले भन्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here