हिन्दु नारीहरुको विशेष पर्व तीज नजिकिदै गर्दा तिज गीतले पनि त्यत्तिकै बजार तताईरहेको छ र आउने क्रम पनि बढिरहेको छ ।
यसै क्रममा गायिका पारु खड्काले पनि तीजलाई लक्षित गरी नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन्।
दोलखा गौरीशंकर गाउँपालिका- वडा नम्बर ३ सर्सेपु झ्याकुकी गायिका खड्काले “नरोन ए न्याउली चरी” बोलको गीत सार्वजनिक भएसंगै दिनप्रतिदिन लोकप्रियता कायम गर्ने क्रम बढेको छ।
गीतमा पारु खड्का र राजु परियारको स्वर, विष्णु विसीको लय, विमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ।
गायिका कल्पित मिनु कार्कीको शब्द रहेको म्यूजिक भिडियोलाई भावना म्यूजिक सोलुसन युट्युव च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ।
सागर गौतमले छायाङ्कन गरेको गीतको भिडियोमा विष्णु विसीले निर्देशन र दिपक विष्टले सम्पादन गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस