चरिकोट। विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भइरसको संक्रमण नेपालमा समेत तिब्र रुपमा बढ्दै गएको छ।
करिब ४ महिनाको लकडाउनपछि केही खुकुलो गरिएसंगै नेपालमा समेत संक्रमण बढ्नुका साथै मृत्युु हुनेको संख्यामा वृद्धि भएको छ।
यसै कुरालाई मध्ये नजर गर्दै हिमाली जिल्ला दोलखाले मास्क अनिवार्य गर्ने कार्यक्रम अगाडि सारेका छन्। सुक्रबार सदरमुकाम चरिकोटमा मास्क नलगाउनेहरुलाई मास्क वितरण गर्दै आईतवारबाट अनिवार्य मास्क लगाएर मात्रै बाहिर निश्कन अनुरोध गरेका छन्।
जिल्ला संकट व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकार भीमकान्त पौड्याले करिब पाँच सय जनालाई निशुल्क मास्क वितरण गरेको बताउनुभयो। उहाँले आईतवारबाट मास्क नलगाउनेलाई एक सय रुपियाँसम्म जरिवाना हुने बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख विभु कुमार झा ले मास्कले संक्रमित एक व्यक्तिबाट अन्य ब्यक्तिमा संक्रमण फैलन नदिनका लागि सहयोग गर्ने भएकाले पनि मास्क अनिवार्य गर्दा संक्रमण फैलन रोक्ने दावी गर्नुभयो ।
“नेपालमा लक्ष्यणनै नदेखिएकोमा समेत कोरोना पुष्टि भएकाले सबैले मास्क लगाएमा संक्रमण फैलन दिदैन” उहाँले भन्नुभयो ।
मास्क नलगाई हिड्नेहरुलाई मास्क वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीहरूको उपस्थिति थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here