चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका स्थित चरिकोट – दोलखा  सडक किनारमा वृक्षरोपण गरिको छ।
स्वच्छ बाताबरण सहित सुन्दर, रमणीय र सुरक्षीत मार्गको रुपमा विकास गर्ने उदेश्यले भीमेश्वर मार्गमा वृक्षरोपण गरिको हो।
भीमेश्वर मार्गको चरिकोट प्रहरी कार्यलयदेखि दोलखा बजारसम्मका सडक छेउमा आकर्षक देखिने बोटबिरुवाको वृक्षरोपण गरिएको तिखातल टोल सुधार विकास संस्थाका अध्यक्ष तिर्थ बहादुर जोशीले जानकारी दिनुभयो ।
यसका लागि नगरपालिकाबाट तीन लाख ३६ हजार रुपियाँ प्राप्त भएको र  १८ हजार तीन सय रुपियाँको जनश्रमदान भएको उल्लेख गर्दै उहाँले तीन लाख ९२ हजार तीन सय ६० रुपैयाँ कुल लागतमा नपुग टोल विकास संस्थाले बेहोर्ने बताउनुभयो ।
सडक किनारामा कपुर, कल्की र ज्याकाराणडको बिरुवा रोपिएको छ भने छेकबारको लागि फलामको जाली प्रयोग गरिएको छ।
शनिबार वृक्षरोपण कार्यक्रममा सहभागी भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले बिरुवा रोपे जस्तो सजिले हुर्काउन बढाउन नरहेकाले जनसमुदायकै सहयोगमा हुर्काउने, बढाउने काम हुनुपर्ने बताउनुभयो । उहाँले सडक किनाराका बोटविरुवाले सडकमा पहिरो जान रोक्ने मात्रै नभई दुर्घट्नाबाट बचाउने र सडकलाई सुन्दर बनाउने भएकाले रोपिएका विरुवाको संरक्षणमा सबैजना लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, प्रशासकीय अधिकृत मान बहादुर खड्का, वडा नम्बर -२ का अध्यक्ष विराजमान श्रेष्ठ, वडा नम्बर -३ का अध्यक्ष हरिशरण शिवाकोटी, इन्जिनियर सुरेश राउत लगाएत जनसमुदायको उपस्थिति थियो। भीमेश्वर मार्गमा करिब पाँच सय ५० वटा विरुवाहरु रोपिएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here