चरिकोट । क्वानमुकान कराँते डो संघले दोलखामा संग गठन गरेको छ। भरत कुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार सात सदस्यीय दोलखा जिल्ला क्वानमुकान कराँते डो संघको गठन गरेको हो। अध्यक्ष भएसंगै श्रेष्ठले ओझेलमा परेको कराँते खेललाई उचाइमा पुर्‍याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
संघको उपाध्यक्षमा रिता रिमाल, सचिबमा चन्द्र कुमार तामाङ , कोषअध्यक्षमा कमला कार्की , सदस्यहरुमा रबिन पाख्रीन , बिकल खड्का, नवराज श्रेष्ठ रहेका छ्न ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले दोलखामा कराँते तर्फको खेलहरु निष्क्रिय रहेकोले उक्त खेलको सम्बर्द्धनका लागि अबका दिनमा डटेर लागि पर्ने बताउनुभयो। हाल जिल्लामा कराँते तर्फ टुनामेन्ट हुनै मुस्किल भएकाले अबका दिनमा त्यसलाई चिढेर कराँते खेलको विकासमा लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here