चरिकोट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपमा अग्रपंक्तिमा रहेर हरक्षण खटिरहेका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।
प्रेस काउन्सिल नेपालको सदस्य तथा सञ्चार केन्द्र नेपालका गोविन्द चौलागाईले पत्रकार महासंघ दोलखा जिल्ला शाखालाईलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको हो ।
सदरमुकाम चरिकोट आइपुगेका चौलागाईं लगाएतका टोलीले मास्क, सेनीटाईजर र ग्लोब्स लगाएतका स्वास्थ्य सुरक्षा सामाग्री सहयोग उपलब्ध गराइएको महासंघ अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो ।
प्राप्त स्वास्थ्य सामाग्री जोखिम मोलेर अग्रपंक्तिमा रहेर हरक्षण खटिरहेका पत्रकारहरूलाई वितरण गरिएको छ भने जिल्लाका पत्रकारहरूले भोग्नुपरेको समस्या र स्थानीय रेडियो, पत्रिका र अनलाइनको विषयमा समेत छलफल भएको छ । छलफलमा स्थानीय रेडियो, पत्रिका र अनलाइनहरुको नविकरण सहज हुनुपर्ने र समानुपातिक तरिकाले विज्ञापनको बाड्नु पर्ने विषयमा समेत छलफल भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पूर्व अध्यक्षहरु राजेन्द्र मानन्धर, उद्धव प्रसाद पोखरेल, अग्रज पत्रकार सम्भु गौत, नेपाल प्रेस युनियन वागमती बिशेष क्षेत्र संयोजक रमेश खतिवडा लगाएत स्थानीय तथा राष्ट्रिय मिडियामा आबद्ध पत्रकारहरूको उपस्थित थियो ।
यसअघि भूकम्पको समयमा पनि दोलखाका आएका चौलागाईंले राष्ट्रिय संकटमा पत्रकार र मिडिया हाउसका समस्यालाई संबंधित निकायसम्म र्पुयाइ सहज बाताबरण बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here