दोलखाको भीमेश्वर नगरपालिकाका आर्थिक, सामाजिक रुपमा अति जोखिममा परेका परिवारलाई कृषि सामाग्री सहयोग गरिएको छ ।
लकडाउनका कारण विगतमा गरिएका अन्य पेश जोखिममा परेको र कृषि पेशानै जीविकोपार्जनको प्रमुख पेशा हुने भएकाले किसनहरुलाई कृषि सामाग्री सहयोग गरिएको हो ।
इको/यूएनडिपीको आर्थिक सहयोग र हुराडेक नेपाल दोलखाको सहजीकरणमा नगरपालिका वडा नम्बर ८ र ९ का दुई सय घरधुरीलाई कृषि सामाग्री प्रदान गरिएको हुराडेक नेपालका कार्यकारी निर्देशक सुन्दर लामिछानेले जानकारी दिनुभयो।
वडा नम्बर –९ का ७४ घरधुरीलाई कृषि सामाग्री र २६ घरधुरीलाई बाख्रा पालनमा सहयोग गरिएको छ भने वडा नम्बर ८ का एक सय २० घरधुरीलाई कृषि सामाग्री दिइएको छ ।
किसानहरुलाई प्लास्टिक टनेल, गार्डेन पाइप, प्लास्टिक हजारी, ह्यान्ढ स्प्रे लगाएतका कृषि सामाग्री वडा कार्यलयको रोहवरमा प्रदान गरिएको कार्यकारी निर्देशक लामिछानेले बताउनुभायो । कृषि सामाग्रीले कृषिलाई आधुनिक ढंगले सञ्चालन गर्नका लागि सहयोग गर्नुका साथै आर्थिक रुपमा जोखिममा परेकाहरुको आर्थिक सशक्तीकरणका लागि सहयोग पुग्ने दावि उहाँको छ ।
टनेलमा बेमौसमी तरकारी खेती गरि किसानहरुलाई आर्थिक सहायता मिलोस भन्ने उद्देश्यले कृषि सामाग्री प्रदान गरिएको यूएनडिपिका कार्यक्रम अधिकृत हिमाल ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि करिब १७ लाख रुपैयाँ खर्च भएको छ ।
संस्थाले नगरपालिकालाई सर्जिकल मास्क दुई हजार, सर्जिकल ग्लोब्स पाँच सय, सेनिटाइजर तीन सय ५० र १५ सेट पिपिई लगाएतका स्वास्थ सामाग्री समेत सहयोग गरेको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here