दोलखाको भीमेश्वर नगरपालिकाको ७६ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सो स्थानका २५ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर -२ तिखातल जोगी गाउँका २५ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि शुक्रबार  धुलिखेल अस्पताल पठाइएको जिल्ला स्वास्थ्य कार्यलय दोलखाका प्रमुख तथा कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्रका सुचना अधिकारी विभु कुमार झा ले जानकारी दिनुभयो।
उहाँका अनुसार संक्रमित व्यक्तिका परिवार र उनको सम्पर्कमा पुगेकाहरुको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको  छ। र सबैलाई सेल्फ आइसोलेसनमा राखिएको छ।
शुक्रबार बिहान ४ बजेदेखि स्वाव संकलन गरेर पठाइसकेकोले पिसिआर रिपोर्ट  शनिवारसम्म आइसक्ने जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ। अकस्मात प्रेसर हाई भएर केहि दिन अघि काठमाडौं पुर्याएका बृद्धाको केएमसी अस्पतालले आरडीटि र पिसिआर टेष्ट टेकुमा गराएकोमा दुबैै पोजेटीभ देखिएको थियो।
उच्च रक्तचापका कारण बृद्धाको टाउकोमा रगत जमेको र उपचार गराउनु अघिको कोरोना जाँचमा आरडिटी र पिसिआर दुबै पोजेटिभ देखिएपछि बृद्धालाई हाल टिचिङ अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छ । सुगर, प्रेसर र दमका समेत रोगी रहेको बृद्धाको अवस्था भने स्थिर रहेको पारिवारले जनाएको छ।
संक्रमित मुलक र क्षेत्रबाट आएको कोहिकसैसंग सम्पर्क नहुँदा पनि बृद्धामा एकाएक कोरोना संक्रमण देखिएपछि घरपरिवार, छरछिमेक सहित सिंगो जिल्लामा त्रास फैलिएको छ । जिल्लामा कोरोना संक्रमित फेला परेको यो पहिलो घट्ना हो ।
बृद्धालाई धुलिखेल अस्पतालबाट सञ्चालित दोलखा अस्पतलबाट केहि दिन अघि काठमाडौ रिफर गरिएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here