दोलखाको भीमेश्वर नगरपालिकाको एक बृद्धामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
नगरपालिकाको वडा नम्बर –२ स्थित तिखातलका ७६ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख विभु कुमार झाले जानकारी दिनुभयो । दोलखामा कोरोना संक्रमण पोजेटिभ देखिएको यो पहिलो घट्ना हो ।
अकस्मात प्रेसर हाई भएर कहिदिन अघि काठमाडौं र्पुयाएका बृद्धाको केएमसी अस्पतालले आरडीटि र पिसिआर टेष्ट टेकुमा गराएकोमा दुबैै पोजेटीभ आएको छ।
उच्च रक्तचापका कारण बृद्धाको टाउकोमा रगत जमेको र उपचार गराउनु अघिको कोरोना जाँचमा आरडिटी र पिसिआर दुबै पोजेटिभ देखिएपछि बृद्धालाई हाल टिचिङ अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छ ।
पारिवारिक स्रोतका अनुसार उनको घरमा बाहिरबाट कोहिपनि आएको छैन् । तर पनि बृद्धामा एकाएक कोरोना संक्रमण देखिएपछि घरपरिवार, छरछिमेक सहित सिंगो जिल्लामा त्रास फैलिएको छ । बृद्धालाई धुलिखेल अस्पतालबाट सञ्चालित दोलखा अस्पतलबाट केहि दिन अघि काठमाडौ रिफर गरिएको थियो । जिल्लमा पहिलोपटक कोरोण संक्रमण पाजेटिभ देखिएपछि प्रमुख जिल्ला अधिकारीको संयोकत्वका जिल्ला संकट व्यवस्थापन समितिले बृद्धाको सम्पर्कमा आएकाहरुको कोरोना टेष्ट र दोलखा अस्पताल देखि बृद्धाको घर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here