किन बोल्नु हुन्न महोदय,
सत्ता त रोग रैछ क्यार कानको।
हामी मरेनि मरौं त?
कहिले सम्म हो के?
ठीक छ
हामी जे पर्छ व्यहोरौंला
मर्नु परे मरौंला पनि।
तपाईंहरु वांच्नु हुन्छ भने।
ग्यारेन्टी छ ?
जोगिनु हुन्छ?

के भो त हामी अड्किएर
तपाईंहरु जोगिनु हुन्छ भने?
हाम्रा पनि मुटुका टुक्रा छन त्यहां।
के हाम्रै डर हो?
बोल्नुस न महोदय,
सत्ता त रोग हो कि क्याहो कानको?

जित्नु भनेको थिच्नु होर?
घिच्नु र मिच्नु हो र?
सुन्नु त पर्छ नि!!
भन्नोस हामी के गरौं?
नआओ भन्छौ भने पनि भन।
केही छैन
देश बचाउंनु पर्छ नि!!
महामारीले मात्र हैन
खिचातानीले पनि सकिन्छ।
कुनै योजना छ?
कि खिचातानीमा व्यस्थ?
बोल्नुस न महोदय,
सत्ता त रोग रैछ क्यार! कानको?

जस्ले सुन्नु पर्ने,उही बहिरो भएसी
चिहानमा वर्वराए जस्तो।
के अर्थ छर?
हामी त जसो नि तयार छौं
मुलुक वाच्ने हकमा।

टेण्डर पारि हाल्नु भो
अब त फुर्सदै होला नि!
हाम्ले मात्र कष्ट वेहोरे पुग्छ?
त्यहांका मान्छे जांचिसक्नु भो?
अब बढदैनन् त मान्छे?
हामी त जांचिई सक्यौं।
यता त केही न केही पक्का छ जंचाई।

मृत्युको चौथो चेतावनी हो कान नसुन्नु
तितो सुन्नु मीठो नसुन्नु।
त्यहामाथि सत्ता भाईरस।
हामी भन्दा पहिला चाहिँ नजानु होला।
सुन्ने प्रयास त गर्नुस्
नत्र आगनमा वजारेर
कान खोल्दिनु नपरोस्
एक दिन त हामी आउँछौ, आउँछौ ।
बोल्नुस न महोदय,
सत्ता त रोग हो कि क्या हो कानको।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here